२०८३ बैशाख ५ गते , शनिबार

दुर्गा प्रसाईंको रिट खारेज, बैंकहरुलाई ऋण असुल्न बाटो खुल्यो

sajilo news
परिवेश मिडिया
२०८१ पौष ३ गते , बुधबार
दुर्गा प्रसाईंको रिट खारेज, बैंकहरुलाई ऋण असुल्न बाटो खुल्यो

बिर्तामोड बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने अभियान सञ्चालन गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको यससँगै उनले बैंकबाट लिएको ऋण असुलीको बाटो खुलेको

बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरेको हो

कुमारी बैंकको बिर्तामोड शाखासहित चार वटा बैंकविरुद्ध प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज भएपछि अब बैंकलाई ऋण असुल गर्ने बाटो खुलेको

प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि चार वटा बैंकबाट ऋण लिएका थिए पछिल्लो दुई वर्षयता उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने मिनाहा हुने अभिव्यक्ति दिँदै आएका छन्

प्रसाईंको अभियानका कारण ग्रामिण क्षेत्रमा काम गरिरहेका लघुवित्त वित्तीय संस्थाको लगानी ऋण असुली प्रभावित हुँदै आएको थियो वित्तीय संस्थाविरुद्ध गतिविधि गर्नका लागि प्रसाईंले समूह नै तयार गरेका थिए आफ्नै अस्पतालका लागि लिएको ऋणको असुली रोक्नका लागि भने उनी अदालत पुगेका थिए

उच्च अदालत विराटनगर, इलाम इजलासका सूचना अधिकारी युगेनकाजी बान्तवाका अनुसार मंगलबार रिट खारेज भएको हो रिट निवेदकले विपक्षी बैंक उपर यसै निवेदनलाई उल्लिखित ऋण कर्जाको विषयलाई लिएर करारको यथावत परिपालन गराइ पाउँ भनी मुद्दा दायर गरी साधारण क्षेत्राधिकार अन्तरगत कानुनी उपचारको प्रक्रिया अवलम्बन गरिसेकको देखिएको,’ रिट खारेज गर्दै अदालतको राय किताबमा भनिएको , ‘मिति २०८०१० को पत्रको प्रयोजन नै समाप्त भइसकेको देखिएकोसमेतबाट प्रस्तुत निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने विद्यमान अवस्था देखिएन

कुमारी बैंकको शाखा कार्यालय विर्तामोडसहित चार वटा बैंकलाई प्रतिवादी बनाएर २०८० असार गते निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए यो रिटमा इलाम इजलासले २०८० असार १० गते कारण देखाउ आदेश जारी गरेको थियो १८ पटक पेशी चढेको यो रिटको सुनुवाइ पटक स्थगित भएको थियो

मंगलबारको फैसलापछि भने बैंकलाई ऋण असुलीको बाटो खुलेको हो प्रसाईंले ऋण नतिरे धितो लिलामीबाट बैंकले ऋण असुल गर्न सक्नेछन् पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि दुर्गा प्रसाईंले चार वटा बैंकबाट अर्बभन्दा बढी ऋण लिएका छन्

प्रसाईंलाई बिएण्डसी मेडिकल कलेज सञ्चालनका लागि गत चैतमा सर्वोच्च अदालतले बाटो खोलिदिएको थियो

मेडिकल कलेज सञ्चालनको तयारीमा रहेका प्रसाईं भारतीय गुण्डा नाइके लरेन्स विस्नोयीको नाममा नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्तिसँग कनेक्सन देखिएको आरोपमा प्रहरी हिरासतमा छन्

फर्जी कागजातका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो बनाएर अफवाह फैलाएको भन्दै प्रसाईं गत मंसिर गते पक्राउ परेका थिए विद्युतीय कारोबार ऐन २०६३ अनुसार दर्ता भएको मुद्दामा उनलाई जिल्ला अदालत काठमाण्डौले ४० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो तर संगठित अपराध अपराधिक लाभको कसूरमाथि छानबिन चलिरहेका कारण उनी छुटेनन्

दुर्गा प्रसाईं पक्राउको विरोधमा चक्काजाम आह्वान गरेको प्रसाई नेतृत्वको धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान अन्तर्गतको नागरिक प्रतिरक्षा बलका जना कार्यकर्ता जेलचलान भएपछि उनको अभियान निष्क्रिय भएको बन्दको पूर्वसन्ध्यामा उनीहरुले झापामा तीनवटा ट्रकमा आगजनी गरेका थिए त्यसमध्ये एक जना भारतीय ट्रक चालकको मृत्यु भएको थियो चालकको मृत्यु भएपनि उनीहरुलाई प्रहरीले कर्तव्यज्यान मुद्दा अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाएको थियो  

सम्बन्धित समाचार