२०८३ बैशाख ६ गते , आईतबार

पूर्व मेयर बलात्कार प्रकरण : चरम हिंसा भोगेकी बालिका भागेपछि खुल्यो पोल

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर २४ गते , सोमबार
पूर्व मेयर बलात्कार प्रकरण : चरम हिंसा भोगेकी बालिका भागेपछि खुल्यो पोल

बिर्तामोड झापाको बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् उनकै घरमा आश्रित एक बालिका भागेर भारत जान लागेको अवस्थामा भेटिएपछि उनको पोल खुलेको हो

लामो समयदेखि शिवाकोटीको घरमा आश्रित बालिका सोमबार एकाएक भारततर्फ भाग्न लागेको आफन्तले थाहा पाएपछि आफन्त सामाजिक संस्थाका प्रतिनिधीले मेचीनगरस्थित सीमानाकाबाट उद्धार गरेका हुन् स्कुलको पोशाकमै हिँडेकी बालिका भाग्नुको कारण थाहा पाएपछि घटनाको बारेमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी गराइएको आफन्तले बताएका छन् शिवाकोटीले बालिकामाथि गरेको चरम दुर्व्यवहारका कारण यहाँ बस्न नसकेर आसाममा रहेकी आमा भेट्न बालिका जान लागेको थाहा पाएको प्रहरीले बालिकालाई लिन आएका शिवाकोटीलाई पक्राउ गर्यो शिवाकोटी बिर्तामोड निवासी भएकाले आफ्नो कार्यक्षेत्र नभएको भन्दै काँकरभिट्टा प्रहरीले शिवाकोटीलाई इप्रका अनारमनीको जिम्मा लगाएको एक प्रहरी अधिकृतले जानकारी दिए

पीडितको तर्फबाट जाहेरी परेकाले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गरिरहेको भोलि म्याद थपका लागि अदालतमा उपस्थित गराइने इप्रका अनारमनीका प्रमुख डीएसपी प्रकाश विष्टले जानकारी दिए

के हो घटना ?

पीडित बालिकाको बाबुको मृत्यु भइसकेको भने आमाले पनि दोस्रो विवाह गरिसकेकी छन् उनी बिर्तामोडस्थित एक आफन्तकोमा बस्दै आएकी थिईन शिवाकोटीले उनलाई पढाइदिने भन्दै बिर्तामोड स्थित आफ्नो घरमा राखेका थिए दोस्रो बिवाह गरेर पीडितकी आमा भारतको आसाममा बस्दै आएकी छन्

स्थानीय एक विद्यालयमा कक्षा ११ मा अध्ययनरत रहेकी उनलाई शिवाकोटीले पटक पटक करणी गरेको बताईएको   शिवाकोटीको शारीरिक शोषण सहन नसकेकी उनी भागेर भारतको आसाम जान लागेकी थिइन् काँकडभिट्टास्थित सीमा नाकामा शंकास्पद रुपमा भारत जान लागेकी उनलाई आफन्त नेपालका प्रतिनिधिले रोकेर सोधपुछ गरेका थिए स्कुल ड्रेसमा रहेकी उनी फेरि त्यहि घरमा जानुपर्छ भनेर अत्तालिए पछि उनलाई फकाएर सोधखोज गर्दा शिवाकोटीको कर्तुतका बारेमा बताएकी थिइन् प्रहरीका अनुसार सोधपुछका क्रममा पूर्व मेयर शिवाकोटीले जवरजस्ती करणी गर्ने गरेका कारण नेपालमा बस्न नसकेको प्रतिक्रिया दिएकी थिईन त्यसपछि प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा लिएको हो शिवाकोटी हाल ईलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा छन्

उनलाई अदालतबाट म्याद थप गरी जबरजस्ती करणी कसुरमा अनुसन्धान गर्ने प्रहरीको तयारी

सम्बन्धित समाचार