२०८३ आश्विन १६ गते , शुक्रबार

आयुष र एलिजे टिकटकबाट किन गायब ?

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर २५ गते , मंगलबार
आयुष र एलिजे टिकटकबाट किन गायब ?

झापा । सामाजिक सञ्जाल टिकटकबाट चर्चित बनेर विवाह बन्धनमा समेत बाँधिएका नेपाली आयुषसिंह ठकुरी र पाकिस्तानी एलिजे जमाली यतिबेला टिकटकबाट बेपत्ता भएका छन् । टिकटकमा उनीहरूको आधिकारिक खाता देखिएको छैन ।

टिकटकमा दुवैको लाखौं फलोअर छन् । उनीहरू आफैँले एकाउन्ट डिएक्टिभ गरेका हुन् कि खातामाथि प्रतिबन्ध लागेको हो भन्ने कुरा थाहा हुन सकेको छैन ।

यी दुवै पछिल्लो समयका चर्चित नेपाली टिकटकर हुन् । यी दुवै दुबईमा बस्छन् । हालै मात्रै यो जोडीले आफूहरूले घर किनेको बताएका थिए ।

आमाको बिहेबारे आयुषले दिएको प्रतिक्रिया पछि टिकटकमा उनी व्यापक ट्रोल भइरहेका थिए । धेरैले आमाप्रति उनको रवैयालाई आयुषको चर्को आलोचना गरेका थिए ।

यस्तैमा दुवै जना टिकटकबाट बेपत्ता हुनु रहस्यमय बनेको छ ।

सम्बन्धित समाचार