२०८३ बैशाख ६ गते , आईतबार
वृद्धा हत्यामा संलग्न दुई जना पक्राउ
बिर्तामोड । शनिबार झापा गाउँपालिका-६ पुष्पाञ्जली टोलकी ८३ वर्षीया फुलमाया मुर्मुको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
झापा गाउँपालिका वडा नम्बर ७ वस्ने वर्ष २८ को अजय यादव र शिवसताक्षी नगरपालिका वडा नम्बर ७ वस्ने वर्ष २४ को अशोक यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
घरका सदस्यहरू काम गर्न गएका बेला हत्या गरिएकी वृद्धाको शव गाईबस्तु ले घास खाने डुडमा फेला परेको थियो ।
टाउको र चिउँडोमा प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेपछि धरानबाट कुकुर मगाएर अनुसन्धान गर्ने क्रममा हत्यामा प्रयोग गरिएको कलको बिड, फरुवा र लुटिएको मोबाइल र साइकलसहित उनीहरुलाई मदरगाछबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।