२०८३ आश्विन १६ गते , शुक्रबार

झापामा वृद्धाको शव वस्तुको डुँडमा भेटियो

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर २३ गते , आईतबार
झापामा वृद्धाको  शव वस्तुको डुँडमा भेटियो

बिर्तामोड । जिल्लाको झापा गाउँपालिकामा एक वृद्धाको हत्या गरी फालेको अवस्थामा शव फेला परेको छ । झापा गाउँपालिका वडा नम्बर ६ की ८१ वर्षीया फूलमणि सोरेनको शव वस्तुले घाँस खाने डुँडमा फेला परेको हो । 

घरका अरु सबै सदस्य मकै रोप्न गएका बेला फूलमणिको हत्या भएको आशंका गरिएको छ । काम सकेर घर फर्किँदा फूलमणिलाई नदेखेपछि खोजी गर्नेक्रममा डुँडमा परालले छोपेर राखेको अवस्थामा उनको शव फेला परेको थियो । मृतकका ज्वाइँले डुँडको पराल हटाउन खोज्दा वृद्धाको शव देखेको झापा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष नवीनकिशोर थापाले बताए ।

मुढामा बसेर तोरीको साग केलाउँदै गर्दा ती वृद्धालाई फरुवाले हानेर हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । फरुवा घटनास्थलमा फेला परेको छ । प्रहरीले घटनास्थल सिल गरी अनुसन्धान गरिरहेको वडाध्यक्ष थापाले जानकारी दिए । घटनामा संलग्न भएको आशंकामा दुईजनालाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

सम्बन्धित समाचार