२०८३ आश्विन १७ गते , शनिबार

सीसीटिभी फुटेजको सहयोगमा चोर पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर २२ गते , शनिबार
सीसीटिभी फुटेजको सहयोगमा चोर पक्राउ

बिर्तामोड । प्रहरीले सीसीटिभी फुटेजको सहयोगमा चोर पक्राउ गरेको छ । मेचीनगर–१० धुलावारी बजारस्थित एक कपडा पसलमा चोरी भएपछि सीसीटिभी फुटेजका सहयोगमा प्रहरीले चोर पक्राउ गर्न सफल भएको हो ।

३३ वर्षीय अंकित सेठियाले सचालन गरेको भैरव स्टोरबाट बुधवार राति तीन लाख मुल्य बराबरको लत्ताकपडा चोरी गरेको अभियोगमा मेचीनगर नगरपालिका–१० टिमाई भेली बस्ने २८ वर्षीय दुखु मिया र सोही ठाउँ बस्ने २१ वर्षीय तेजराज बिष्टलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सीसीटिभी फुटेजको सहयोगमा उनीहरुको पहिचान भएपछि इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले खोजतलास गर्नेक्रममा हिजो साँझ ५ बजे दुवैलाई नियन्त्रणमा लिएको हो । चोरी गरी लगेको लताकपडाहरू दुवै जनाको घरबाट बरामद गरी उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

सम्बन्धित समाचार