२०८३ आश्विन १७ गते , शनिबार

पदभार समारोहबाटै पक्राउ परे वडाध्यक्ष

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर २१ गते , शुक्रबार
पदभार समारोहबाटै पक्राउ परे वडाध्यक्ष

सप्तरी । जनता समाजवादी पार्टी (जसपा)बाट सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ को उपनिर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित धिरेन्द्र कुमार साह पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परेका छन् ।

स्थानीय एक युवतीको हत्या र उनको भाइलाई अपहरण समेत गरेको आरोपमा उनी बिहीवार पक्राउ परेका हुन् ।

डाक्नेश्वरी १ को वडा कार्यालयमा राखिएको पदस्थापना कार्यक्रमको मञ्चबाटै साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि गरेको छ । पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ ।

गत मंसिर १६ को उपनिर्वाचनमासाह ६५२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका थिए ।

सम्बन्धित समाचार