२०८३ बैशाख ५ गते , शनिबार

नेशनल मेडिकल कलेजले मनायो विश्व एड्स दिवस

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १६ गते , आईतबार
नेशनल मेडिकल कलेजले मनायो विश्व एड्स दिवस

वीरगन्ज नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजलेएड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ नाराका साथ आइतबार ३७औँ विश्व एड्स दिवस मनाएको हरेक बर्षको डिसेम्बर का दिन विश्व एड्स दिवस मनाउने गरिएको

देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने सङ्क्रमण न्यूनीकरण गर्ने उद्धेश्यले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आज जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको हो

उक्त कार्य कलेजका तथा शिक्षण अस्पताल निर्देशक ईशरत जहाँ अन्सारीको अध्यक्षता तथा कलेजका अध्यक्ष प्राडा जैनुदिन अन्सारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, विशिष्ठ अतिथी कलेजका प्रबन्ध निर्देशक शाहानवाज अंसारी कलेजका एकेडेमीक निर्देशक नुशरत जहाँ अंसारी रहेका थिए

कलेजले सो अवसरमा दीप प्रज्वलन गरी जनचेतनामूलक कार्यक्रम गरेको थियो

एड्स अन्त्यका लागि जनचेतना मुलक नाटक विएस्सी १५औँ व्याचका सुप्रिया कडरिया, करुणा नेपाल, अर्चना साह, अस्मिता विश्वकर्मा, सफलता श्रेष्ठ, सुमिना श्रेष्ठ, कृति पौड्याल, माया जोसी लगायतका विद्यार्थीहरुले प्रस्तुत गरेको नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले बताए प्रस्तुत नाटक पश्चात  वार्डमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो

सम्बन्धित समाचार