२०८३ बैशाख ५ गते , शनिबार

गिरिबन्धु टि स्टेटमा 'होक्स' राख्ने दुईजना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १४ गते , शुक्रबार
गिरिबन्धु टि स्टेटमा 'होक्स' राख्ने दुईजना पक्राउ

बिर्तामोड । गत भदौ २८ गते बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित शमशेर एण्ड गंगादेवी टि स्टेट प्रा.लि. (गिरिबन्धु)को पश्‍चिम पर्खाल नजिकै आतंकित तुल्याउने उदेश्यले बिष्फोटक पदार्थ 'होक्स' राख्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। आम सर्वसाधारणलाई आतंकित तुल्याउने उदेश्यले नक्कली कुकर बम  राखि नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्ड गिरीबन्धु टि स्टेटको जग्गा कब्जा किन..? लेखिएको पर्चा समेत छाडेको आरोपमा मोरङको मिक्लाजुङ-९ मधुमल्ला निवासी ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी-६ शिवालय टोल बस्ने २० वर्षीय धीरज माझीलाई प्रहरीले पक्राउ गरेको हो ।
राजकुमारलाई उर्लाबारी र धीरजलाई पथरी शनिश्चरे-१ स्थित जातेरोडबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
मङ्सिर १२ गते पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत झापाबाट विस्फोटक पदार्थ सम्बन्धी कसुरमा तीन दिन म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

सम्बन्धित समाचार