२०८३ आश्विन १७ गते , शनिबार

गौहत्यामा संलग्नलाई पाँच दिन म्याद थप

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १३ गते , विहीबार
गौहत्यामा संलग्नलाई पाँच दिन म्याद थप

बिर्तामोड । झापाको कनकाई–३ टप्पुमा गौहत्यामा संलग्नलाई अनुसन्धानका लागि अदालतले पाँच दिनको म्याद थप गरेको छ ।

मंगलबार स्थानीय लिलाप्रसाद सिलवालको लैनो गाई चोरी गरि हत्या गरेको अभियोगमा प्रहरीले बाह्रदशी–४ बस्ने ४६ बर्षीय बुधन आलम, उनकी श्रीमती ३९ बर्षीया कुरेसा खातुन, भारत किसनगञ्ज ठेगाना भई कनकाई २ बस्ने दिलवर हुसेन र उनकी श्रीमती १९ बर्षीया महिदा खातुनलाई भाग्दै गरेको अवस्थामा भद्रपुर–५ स्थित मेचीपुलबाट पक्राउ गरी अदालतबाट पाँच दिनको म्याद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेकाहरुलाई पशुपंक्षी सम्बन्धी ऐन (गाई गोरु मार्न नहुने) कसुरमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

गौहत्याको विरोधमा मंगलबार साँझ कनकाईस्थित कोटीहोममा निस्किएको प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो । झडपमा परि दुई जना प्रहरी घाइते भएका थिए ।

सम्बन्धित समाचार