२०८३ बैशाख ६ गते , आईतबार

गौहत्यामा संलग्न आलम पक्राउ, हत्याको विरोधमा प्रदर्शन र चक्काजाम

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ११ गते , मंगलबार
गौहत्यामा संलग्न आलम पक्राउ, हत्याको विरोधमा प्रदर्शन र चक्काजाम

बिर्तामोड झापाको कनकाई नगरपालिका स्थित टप्पुमा गरिएको गौहत्यामा संलग्नलाई कारबाहिको माग गर्दै कोटीहोम क्षेत्रमा प्रदर्शन चक्का जाम गरिएको मृत गाईलाई साँझ ५:२० बजे घटनास्थलबाट गाडीमा राखेर सुरुङ्गा चोकस्थित पूर्वपश्चिम राजमार्गमा ल्याई प्रदर्शनकारीले चक्काजाम गरेका थिए

घटनाको विरोधमा आज दिउँसो ४:२० बजेदेखि लीला सङ्ग्रौलाको घर अगाडी गौ वंश संरक्षणका केन्द्रीय अध्यक्ष एवं गोलोक गोवर्धन गौशाला सताक्षीधामका संरक्षक नन्दकिशोर भारद्वाज महाराजको नेतृत्वमा अर्जुनधारा जलेश्वरधामबाट आएका ३०/३५ जना धर्मगुरु स्थानीयसहित करिब २५० जनाको सङ्ख्यामा भेला भएका प्रदर्शनकारीले चक्काजाम साथै नाराबाजी गरेका हुन् उनीहरुलेगौ हत्या बन्द गर, हत्यारालाई फाँसी दे, हिन्दु राष्ट्र कायम गर, नेपाल सरकार मुर्दावाद, हत्यारालाई कारबाही गर जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका थिए

घटनालाई नियन्त्रणमा लिन प्रहरीले कैयान राउण्ड अश्रु ग्यास प्रहार गर्नुका साथै लाठी चार्जसमेत गरेका थिए

आज विहान कनकाई स्थित टप्पु निवासी पूर्णप्रसाद फुयाँलको गोठमा बाँधेको लीलाप्रसाद सिलवालको पहिलो बेते लैनो गाई चोरी गरी काटेका थिए स्थानीय लीला सङ्ग्रौलाको घरमा डेरा गरी ज्याला मजदुरी गर्ने मुस्लिम समुदायका मानिसहरूले सो गाई चोरी गरी काटेका थिए गाईधनी सिलवालले दूध दुहुन जाँदा गाई नदेखेपछि चोरी भएको भनी इलाका प्रहरी कार्यालय, सुरुङ्गामा जानकारी गराएका थिए

दिउँसो बजेतिर हराएको गाई सङ्ग्रौलाको घरभित्र काटिरहेको स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए

यसैबीच प्रहरीले घटनामा संलग्न भएको आरोपमा बाह्रदशी ठेगाना भएका ४० वर्षीय बुदना आलमलगायतलाई पक्राउ गरेको जनाएको मुख्य आरोपी आलमसहित केहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको पक्राउ परेका अन्यको बारेमा खुलाइएको छैन

सम्बन्धित समाचार