२०८३ बैशाख ६ गते , आईतबार

सबैभन्दा बढी घरजग्गा कारोबार झापामा

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ४ गते , मंगलबार
सबैभन्दा बढी घरजग्गा कारोबार झापामा

बिर्तामोड कार्तिक महिनामा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको देशभरको कारोबारमध्ये झापामा सबैभन्दा बढी कारोबार भएको

घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिकमा ३३ हजार पाँच सय १४ वटा लिखत पास भएका छन् यस्तै, नामसारीतर्फ तीन हजार तीन सय ६२, हालसाविक दुई हजार एक सय १४, रोक्कातर्फ २५ हजार ३० छन्

विभागका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा सबैभन्दा बढी चार हजार दुई सय ६६ घर जग्गाको कारोबार भएको मालपोत कार्यालय सुनसरीमा तीन हजार एक सय १५, बेलबारीमा दुई हजार आठ सय २१, धनुषामा दुई हजार एक सय ५८ वटा कारोबार भएका छन्

सिर्दिबास मालपोत कार्यालय गोरखामा एउटा मात्रै कारोबार भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख सो महिना मालपोत कार्यालय मनाङमा १९, हुम्लामा १५, डोल्पामा १६, ओखलढुङ्गामा १७ वटा कारोबार भएको विवरण प्राप्त भएको

सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने काठमाण्डौ उपत्यकाका मालपोत कार्यालयमध्ये कलङ्कीमा एक हजार सय ४९ घर जग्गाको कारोबार भएको भक्तपुर मालपोतमा दुई हजार तीन सय ४८, डिल्लीबजार कार्यालयले नौ सय ३९ वटा कारोबार गर्दा चाबहिल मालपोतले एक हजार चार सय २३ वटा कारोबार गरेको   

सम्बन्धित समाचार