२०८३ बैशाख ५ गते , शनिबार

ग्रस कलेक्सन नदेखाएको भन्दै पूर्ण बहादुरको सारङ्गी झापाका दुईसहित २० हलमा देखाउन बन्द

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १ गते , शनिबार
ग्रस कलेक्सन नदेखाएको भन्दै पूर्ण बहादुरको सारङ्गी झापाका दुईसहित २० हलमा देखाउन बन्द

बिर्तामोड । दर्शकहरूको मन जितिरहेको नेपाली फिल्म पूर्णबहादुरको सारङ्गी आजबाट २० वटा हलमा देखाउन बन्द गरिएको छ ।
सेभेन सिस सिनेमा परिवारले दमकको पाथिभरा र राजगढको एभरेस्ट हलसहित देशभरका २० वटा सिनेमा हलमा प्रदर्शन बन्द गरिएको जनाएको छ । सेभेन सिजले एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।
'चलचित्र पूर्ण बहादुरको सारङ्गी देशभरका हलमा भव्यताका साथ चलिरहेको छ । कात्तिक १५ गते रिलिज भएको चलचित्र अहिले पनि देशभरका हलमा उच्च शो र हाउसफूल अकुपेन्सीसहित चलिरहेको जानकारी गराउँछौँ । हामो चलचित्रप्रति दर्शकले देखाउनु भएको माया, साथ र समर्थनप्रति हामी आभार प्रकट गर्दै हाम्रो चलचित्र प्रदर्शन गरेर साथ दिनु भएकोमा देशभरका सिनेमा घरहरुलाई धन्यवाद दिन चाहान्छौं ।
केही सिनेमा घरहरूले चलचित्र पूर्ण बहादुरको सार‌ङ्गी हाउसफूल अकुपेन्सीमा प्रदर्शन भए पनि निर्माणपक्षलाई ग्रसकलेक्सन रकमको रिपोर्ट उपलब्ध गराएपनि निर्माण पक्ष उक्त रिपोर्टप्रति असहमत हुँदै सम्बन्धित हलबाट मंसिर १ गते (शनिबार)बाट नै सिनेमा उतार्ने निर्णयमा पुगेको छ,' विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सिनेमा उतारिएका अन्य हलहरुमा अरुण हल बिराटनगर, चरिकोट हल दोलखा, निलम सिनेमाज जनकपुर,  विना हल लालबन्दी, धनकुटा हल धनकुटा, गोरखा हल गोरखा, फिदिम हल पाँचथर, बर्दिवास हल बर्दिवास, त्रिशूली नुवाकोट, विराटचोक हल मोरङ, इलाम हल इलाम, सी.वी हल इनरुवा, लभ कुश हल महेन्द्रनगर, दीपक हल बरहथवा, त्रीमुत्री हल, द्वारिका हल, गिरिराज हल जनकपुर र हिमालय हल विराटनगर रहेको सेभेन सिसले जनाएको छ ।
हलबाट सिनेमा उतार्ने निर्णयले दर्शकमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको जनाउँदै सेभेन सिसाले हेर्न इच्छुक दर्शकलाई नजिकैको हलमा गएर हेरिदिन पनि आग्रह गरहेको छ ।


सम्बन्धित समाचार