२०८३ आश्विन १७ गते , शनिबार

बढ्यो डिजेल र मट्टीतेलको मूल्य

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १ गते , शनिबार
बढ्यो डिजेल र मट्टीतेलको मूल्य

बिर्तामोड । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । बढेको मूल्य आज बिहानबाट लागू हुनेछ ।

शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५०.५० रुपैयाँ कायम भएको छ ।

यस्तै सुर्खेत र दाङमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ भने काठमाण्डौ, पोखरा र दिपायलमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार