२०८३ बैशाख ५ गते , शनिबार

झाडीमा फालिएको अवस्थामा नवजात शिशु फेला

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २९ गते , विहीबार
झाडीमा फालिएको अवस्थामा नवजात शिशु फेला

बिर्तामोड झापाको मेचीनगरमा झाडीमा फालिएको अवस्थामा नवजात शिशु फेला परेको बिहीबार बिहान मेचीनगर नगरपालिका वडा नं. १० निन्दा खोला नजिकै झाडीमा सालनाल सहितको नवजात शिशु फेला परेको हो

कमिलाले टोकी रहेको रगताम्य अवस्थामा नजवात शिशु (छोरी)लाई  मर्निङवाक गर्ने क्रममा मेचीनगर नगरपालिका वडा नम्बर ११ बस्ने बर्ष ३७ की ईन्दिरा प्रसाई (अधिकारी)ले फेला पारि इलाका प्रहरी कार्यालय धुलाबारीमा बुझाएको मेचीनगर नगरपालिका १० नम्बर वडा कार्यालयसँग आवश्यक समन्वय गरी वडा कार्यालयलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको शिशुको अवस्था सामान्य रहेको घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिप्रका झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए

सम्बन्धित समाचार