२०८३ बैशाख ६ गते , आईतबार

अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ्य शिविर आयोजना हुँदै

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २८ गते , बुधबार
अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ्य शिविर आयोजना हुँदै

बिर्तामोड झापामा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थय शिविर आयोजना हुन लागेको झापाका सबै पालिकामा शिविर आयोजना हुन लागेको आज आयोजित एक कार्यक्रमका बिच जानकारी दिइएको हो

करुणा फाउण्डेशन नेपालले आज बिर्तामोडमा पत्रकार भेटघाट गरीअपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविर हुन लागेको जानकारी दिएको हो करुणा फाउण्डेशन नेपालका केशी प्रदेश कार्यालयका वरिष्ठ कार्यक्रम अधिकृत कमल कोइरालाले सामाजिक विकास मन्त्रालय, स्थानीय तह करुणा नेपालको संयुक्त साझेदारीमा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए शिविरमार्फत अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य जाँच गरी आवश्यक सहयोग सामाग्री, परिचय पत्र वितरणका लागि सहजीकरण गरिने उनले बताए शिविर स्थानीय तहको नेतृत्वमा सञ्चालन हुने उनले बताए मंसिर दुई गतेबाट प्रारम्भ भइ पुषको दोस्रो हप्ता भित्रमा सम्पन्न गर्ने योजना रहेको उक्त शिविरमार्फत यस जिल्लामा रहेका २३,९८८ (राष्ट्रिय जनगणना २०७८) जना अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा प्रवाह गर्ने लक्ष्य रहेको कोइरालाले जानकारी दिए

स्थानीय तहहरूले आफ्ना प्रत्येक वडामा आयोजना गर्ने उक्त शिविरमा मेडिकल अधिकृत, अप्थाल्मोलोजिस्ट/अप्थाल्मो टेक्निसियन (आखाँ जाँच गर्न), अडियोलोजिष्ट/अडियमेट्रिस्ट (कान जाँच गर्ने), फिजियोथेरापिस्ट, क्लिनिकल साईकोलोजिस्ट लगायतका प्राविधिकहरु मार्फत स्वास्थ्य परिक्षण गरिनुका साथै उनीहरूलाई आवश्यक पर्ने सहायक सामग्रीको नाप जाँच लगायतका अन्य आवश्यकताहरूको पहिचान समेत गरिने पालिका इञ्चार्ज सुरेन्द्र गिरीले जानकारी दिए

उक्त शिविरमा पहिचान भएका व्यक्तिहरूलाई उनीहरूको आवश्यकता अनुसार स्वास्थोपचार, सहायक सामग्री वितरण, शिक्षा, जिविकोपार्जन, सामाजिकीरण सशक्तिकरणका क्षेत्रमा स्थानीय तहहरूले यस कार्यक्रम मार्फत सहयोग गर्ने उनले बताए

नवजात शिशु तथा १० वर्ष मुनिका बालबालिकाको स्वास्थ्य जाँच गरी जन्मदोष तथा हुनसक्ने अपाङ्गताको पहिचान व्यवस्थापन गर्ने, अपाङ्गता भएका व्यक्तिहरू उनीहरूका परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने, स्थानीय तहमा रही लक्षित समूहलाई सेवा प्रवाह गर्ने संरचनाहरूको सुदृढीकरणमा सहयोग गर्नेजस्ता अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको लक्ष्य रहेको वरिष्ठ कार्यक्रम अधिकृत कोइरालाले कार्यक्रममा जानकारी दिए

सम्बन्धित समाचार