२०८३ आश्विन १६ गते , शुक्रबार

बयानका लागि लामिछानेलाई रुपन्देही लगिँदै

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २७ गते , मंगलबार
बयानका लागि लामिछानेलाई रुपन्देही लगिँदै

बिर्तामोड । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज बयानका लागि रुपन्देही लगिँदैछ । प्रहरीले बिहान ५ः४० मै लामिछानेलाई एयरपोर्ट र्पुयाएको छ ।

लामिछानेको आज नै बयान सकेर कास्की फर्काउने प्रहरीको तयारी छ । प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने र जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट यसअघि नै अनुमति लिएको थियो ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही लगिएको हो ।

सम्बन्धित समाचार