२०८३ बैशाख ५ गते , शनिबार

कोशीका पूर्व मन्त्री अधिकारीलाई पक्राउपछि काठमाण्डौ लगियो

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २५ गते , आईतबार
कोशीका पूर्व मन्त्री अधिकारीलाई पक्राउपछि काठमाण्डौ लगियो

बिर्तामोड मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरी काठमाण्डौ लगेको उनलाई आइतबार विराटनगरस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको थियो

प्रहरी नियन्त्रणमा आएसँगै निवासबाट बाहिरिने क्रममा उनले आफूले अनुसन्धानलाई सहयोग गर्ने प्रतिक्रिया दिए अनुसन्धानलाई सहयोग पु¥याउन हिँडे अनुसन्धानलाई सहयोग पुर्याउनुपर्छ कानुन मान्ने मान्छे हो कानुनलाई सहयोग गर्नु मेरो दायित्व हो उनले भने,’ उनले अनुसन्धानबाट सत्यतत्य सबै बाहिर आउने समेत विश्वास व्यक्त गरे

जापानमा मानव तस्करी प्रकरणमा मुछिएसँगै उनी अनुसन्धानको दायरामा आएका हुन् उनी आन्तरिक मामिला तथा कानुनमन्त्रीकै हैसियतमा गत कात्तिक १३ गते जापान गएका थिए त्यतिबेला असम्बन्धित मान्छेलाई समेत उनले लगेको पाइएको थियो भने सबैलाई जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो

यो प्रकरणपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए भने पार्टीले जिम्मेवारीबाट पनि हटाएको मानव तस्करी प्रकरणमा हालसम्म उनीसहित जना पक्राउ परेका छन्

सम्बन्धित समाचार