२०८३ बैशाख ५ गते , शनिबार

छुरा प्रहार गरि भागेका अहमद स्कुटर दुर्घटनामा परि घाइते

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २० गते , मंगलबार
छुरा प्रहार गरि भागेका अहमद स्कुटर दुर्घटनामा परि घाइते

बिर्तामोड झापाको दमकमा लेनदेनको बिषयलाई लिएर छुरा प्रहार गरि भाग्दै गर्दा एक व्यक्ति स्कुटर दुर्घटनामा परि घाइते भएका छन्

सोमबार दिउँसो १२ः५० बजे दमक नगरपालिका नमुना मार्ग स्थित नमुना सटिङ सुटिङ टेलर्समा काम गर्ने झापा दमक नगरपलिका वडा नम्बर बस्ने बर्ष २७ को सोनु अहमदलाई धरान उपमहानगरपालिका वडा नम्बर बस्ने बर्ष २९ को एजात अहमदले लेनदेनको बिषयलाई लिएर बादबिवाद हुँदा छुरा प्रहार गरि फरार भएका थिए सोनुलाई पेटको बाँया पट्टी छुरा प्रहार गरी प्रदेश .०२०४५ ६३१९ नम्बरको स्कुटरमा फरार हुने क्रममा दमक नगरपालिका गणतन्त्र चोकमा एजात आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाइते भएको प्रहरीले जनाएको निजको बाँया खुट्टामा चोट लागेको बोल्न सक्ने सामान्य अवस्थामा प्रहरीको निगरानीमा निम्स अस्पताल दमकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

यता छुरा प्रहारबाट घाइते भएका सोनुलाई लाईफलाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको आफन्तले थप उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए

सम्बन्धित समाचार