२०८३ बैशाख ५ गते , शनिबार

बिर्तामोडमा 'छप्पन भोग' को शुभारम्भ

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक ११ गते , आईतबार
बिर्तामोडमा 'छप्पन भोग' को शुभारम्भ

बिर्तामोड । झापाको बिर्तामोडमा 'छप्पन भोग' स्न्याक्स एण्ड स्विट्स रेष्टुरेन्टको शुभारम्भ गरिएको छ । आईतबार एक कार्यक्रमका बिच सिटी सेन्टरको पूर्वमा द्वारिकाप्रसाद मित्तलले रेष्टुरेन्टको उद्घाटन गरेका हुन् ।
गुणस्तरीय मिठाई बिक्री गर्ने उद्धेश्यले बिर्तामोडका चार जना व्यवसायीहरु सौरभ अग्रवाल, अनुराग अग्रवाल, रोनल मित्तल र शुभम् अग्रवालले रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । रेष्टुरेन्टमा करिब ८० लाख लगानी भएको सञ्चालक रोनल मित्तलले जानकारी दिए । गुणस्तरीय मिठाई खरिद गर्न भारतीय बजारमा जानु नपरोस् भन्ने उद्देश्यले रेष्टुरेन्ट सञ्चालनमा ल्याएको उनले बताए ।
रेष्टुरेन्टमा मिठाइको ५६ वटा आइटम उपलब्ध हुने उनको भनाई छ ।
रेष्टुरेन्टमा १७ जना भारतीय कालिगढ रहेको सञ्चालकले जनाएका छन् । रेष्टुरेन्टमा बजारकै मूल्यमा मिठाई उपलब्ध गराइने मित्तलले बताए । 
रेष्टुरेन्टमा मिठाईसगै स्न्याक्स र गिफ्ट ह्याम्परको रुपमा ड्राई फ्रुट्सपनि उपलब्ध रहेको छ । न्यूनतम १२ सय देखि ८ हजार मूल्यसम्मको ड्राई फ्रुट्स आकर्षक बाकसमा उपलब्ध हुने सञ्चालक मित्तलले जानकारी दिए । 

सम्बन्धित समाचार