२०८३ बैशाख ६ गते , आईतबार

हत्या गरिएको अवस्थामा दम्पतीको शव फेला

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक ९ गते , शुक्रबार
हत्या गरिएको अवस्थामा दम्पतीको शव फेला

झापा । कञ्चनपुरमा श्रीमान–श्रीमती मृत अवस्थामा भेटिएका छन् । लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला शुक्रबार बिहान मृत भेटिएका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले उनीहरू दुवै जना शुक्रबार बिहान आफ्नै घरको आँगनमा मृत फेला परेका जानकारी दिए ।
शरीरमा धारिलो हतियार प्रहार भएको देखिएकाले हत्याको आशंका गरिएको छ । अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली पनि लालझाडीस्थित घटनास्थल पुगेको छ ।

सम्बन्धित समाचार