२०८३ बैशाख ५ गते , शनिबार

यामु निरौला हत्या प्रकरण : दुई जना पक्राउ, कारबाहीका लागि प्रहरीलाई दबाब

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक ९ गते , शुक्रबार
यामु निरौला हत्या प्रकरण : दुई जना पक्राउ, कारबाहीका लागि प्रहरीलाई दबाब

बिर्तामोड कात्तिक गते मंगलबार दमक का यामु (देशु) निरौलाको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको प्रहरीले मोरङ उर्लाबारी निवासी ध्रुव गौतम प्रकाश कार्कीलाई पक्राउ गरेको जनाएको

पक्राउ परेका गौतम कार्कीलाई प्रहरीले बिहीबार जिल्ला अदालत झापाबाट म्याद थप गरि अनुसन्धान गरिरहेको जनाएको

दमक स्थित मावा पुलनजिकै दुई समूहबीच विवाद हुँदा कुटपिट ढुंगा प्रहारबाट निरौलाको मृत्यु भएको थियो दमकबाट मधुमल्ला जाने मुल सडक छेवैमा करिब १० जनाको समूहकै बीच दुई जनाले निरौलालाई टाउकोको पछाडी भागमा चारपाँच पटक मुक्काले हानेको दृश्य सीसी फुटेजमा देखिएको

घटनामा संलग्न अन्य व्यक्तिहरु फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए

यता घटना भएको चार दिन बितिसक्दापनि घटनामा संलग्नहरुलाई प्रहरीले पक्राउ नगरेको भन्दै राजनीतिक दलका स्थानीय नेतृत्वले प्रशासनको ध्यानाकर्षण गराएका छन्

उनीहरुले अलगअलग प्रेस विज्ञप्ति जारी गरेर प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका हुन् सत्तारुढ दल नेपाली कांग्रेस नेकपा एमालेसहित प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर नेतृत्वले घटनामा संलग्न दोषीहरुमाथि सुक्ष्म अनुसन्धान गरेर तत्काल कारवाहीको दायरामा ल्याउन स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा बाँच्न पाउने नागरिकको अधिकारको सुरक्षा गर्न माग गरिएको त्यसैगरी नेकपा एमालेका दमक नगर कमिटी अध्यक्ष राम पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा व्यक्ति हत्या सर्वत्र निन्दनीय भएको उल्लेख गरेका छन् त्यसैगरी नेकपा माओवादी केन्द्र दमक नगर कमिटीका तर्फबाट इञ्चार्ज बेदु गौतम अध्यक्ष कुलबहादुर (रबि) बस्नेतले जारी गरेको विज्ञप्तिमा नगर क्षेत्रको व्यस्त स्थानमा नागरिकको हत्या हुनुले शान्ति सुरक्षाको दुरावस्था छर्लङग भएको उल्लेख गरेका छन्

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर कमिटीका तर्फबाट अध्यक्ष हेम सुवेदीले विज्ञप्ति जारी गरेका छन् विज्ञप्तिमा घटनाको अबिलम्ब निष्पक्ष रुपले सत्य तथ्य छानबिन गरी पक्राउ गर्न कानुनी कारवाहीको दायरामा ल्याउन माग गरिएको

हत्यामा संलग्नलाई प्रहरीले हालसम्म पक्राउ नगरेको प्रहरीले पीडितको तर्फबाट पुरक जाहेरी लिन नमानेको भन्दै बिहीबारपनि मृतकका आफन्त स्थानीयहरु भेला भई इलाका प्रहरी कार्यालय दमकको गेट अगाडि घेराउ गरेका थिए उनीहरुलेकेपी चोर देश छोड, केपी तेरो पाराले दुःख पायो साराले, हत्यारालाई कार्बाही गर, प्रहरी प्रशासन मुर्दावादजस्ता नारा लगाएका थिए

मृतक निरौलाका दाजु नवराज निरौलाले इलाका प्रहरी कार्यालय दमकको गेट अगाडि पत्रकार सम्मेलनसमेत गरेका थिए उनले आफ्ना भाइलाई नियोजित रूपमा बोलाएर हत्या गरेको, सीसी टिभी फुटेजमा हत्या गरेको प्रष्ट देखिएपनि प्रहरीले हत्यारालाई पक्राउ गर्न तत्परता नदेखाएको, बुद्धिमान थापाको नाममा जाहेरी लिन प्रहरीले आनाकानी गरेको भन्दै हत्यामा संलग्न व्यक्तिहरूलाई कानुनको दायरामा नल्याएसम्म शव नबुझ्ने बताएका छन्

मंगलबार अपरान्ह हत्या गरिएका निरौलाको हत्या प्रकरणमा नाम जोडिएकामध्ये केही एमालेका जिम्मेवार कार्यकर्ता नेताका नातागोता भित्रका परेकाले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीले आनाकानी गरेको हुन सक्ने पीडित परिवारको आरोप

यसअघि बुधबार परेको पहिलो किटानी जाहेरीमा उल्लेखित व्यक्तिहरुमध्ये सीसी फुटेजबाट समेत कुटपिटमा संलग्नको पहिचान भएका राजु भनिने शेरबहादुर लिम्बू गणेश दर्जी छन् त्यस्तै दमक का बुद्धिमान थापासहित जनाविरुद्ध किटानी जाहेरी परिसकेको थापा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य होमबहादुर थापाका भाइ हुन् उनी एमाले केन्द्रीय सदस्य गोविन्द थापाका दाई, केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओलीका सालो हुन्

इलाका प्रहरी कार्यालय दमकले मृतक निरौलाकी पत्नी कृष्णमाया निरौलाले हत्या प्रकरणमा जोडिएका जनाको नाममा पहिलो किटानी जाहेरी दिन जाँदा दिनभर जाहेरी दर्ता गर्न नमानेका कारण प्रहरीमाथि नै शंका उत्पन्न गराएको थियो प्रहरीले बुधबार साँझ जना विरुद्धको जाहेरी दर्ता गरेपनि उनीहरुलाई पक्राउका लागि आवश्यक प्रक्रिया अघि नबढाएको मृतक निरौलाका नातेदार काका यज्ञराज निरौलाले बताए

नातेदार निरौलाका अनुसार बिहीवार दिउँसो थप एक जनाविरुद्ध सो ज्यान कसुरमा पुरक किटानी जाहेरी दर्ता भएको घटनाको केहीबेरअघि मात्रै सो स्थानमा देखिएका नम चेम्जोङविरुद्ध बिहीवार किटानी जाहेरी परेको हो यससँगै सो कर्तव्य ज्यान कसुरसम्बन्धी किटानी जाहेरी परेकाहरुको संख्या पुगेको

 

सम्बन्धित समाचार