२०८३ आश्विन १६ गते , शुक्रबार

धनराजकी पूर्वपत्नी ज्योतिविरुद्ध रेड नोटिस जारी

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक ७ गते , बुधबार
धनराजकी पूर्वपत्नी ज्योतिविरुद्ध रेड नोटिस जारी

काठमाण्डौ । मितेरी सहकारीको करोडौँ रकम अपचलन भएको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वश्रीमतीसहित दुई जनाविरूद्ध रेड नोटिस जारी गर्न सिफारिस गरेको छ ।

सीआईबीले सहकारी ठगीको आरोप लागेकी धनराजकी पूर्वश्रीमती ज्योति गुरुङविरुद्ध रेड नोटिस जारी गर्न सिफारिस गरेको हो ।

त्यही सहकारीका ज्योतिबहादुर भण्डारीविरुद्ध पनि रेड नोटिस जारी गर्न माग गरिएको छ । बर्दियाका भण्डारीसँग मिलेमतो गरेर गुरुङले सहकारीको रकम हिनामिना गरेको पाइएको छ ।

उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ ।

सहकारी विवाद आएपछि धनराज र ज्योतिले कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ । यस प्रकरणमा गुरुङविरुद्ध भने अझैसम्म अनुसन्धान अघि बढेको छैन ।

सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीमा ऋण तिरेका थिए । उक्त ऋण तिर्न धनराजले भाटभटेनीका मालिक मीनबहादुर गुरुङसँग ९२ लाख लिएको विषय बाहिरिइसकेको छ ।

मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

सम्बन्धित समाचार