२०८३ बैशाख ५ गते , शनिबार

सरकारी जागीर खुल्यो

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ३० गते , बुधबार
सरकारी जागीर खुल्यो

झापा । लोकसेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सहसचिव, उपसचिवदेखि अधिकृतसम्ममा दरखास्त आह्वान भएको हो । 
आयोगले आज एक सूचना जारी गर्दै निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणी, स्वास्थ्य सेवाका एघारौँ र नवौँ तह तथा राष्ट्रिय मानव अधिकार  सेवाका अधिकृत  पदको आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको जानकारी दिएको छ । 
त्यसैगरी आयोगले विभिन्न पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा हुने बढुवा पनि खुला भएको जानकारी दिएको छ । 

सम्बन्धित समाचार