२०८३ बैशाख ५ गते , शनिबार

आगजनीमा संलग्न दुर्गा प्रसाइका समर्थकलाई कर्तव्य ज्यान मुद्दामा कारबाही

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन २२ गते , मंगलबार
आगजनीमा संलग्न दुर्गा प्रसाइका समर्थकलाई कर्तव्य ज्यान मुद्दामा कारबाही

बिर्तामोड । आगजनीबाट घाइते भएका ट्रकका चालकको मृत्यु भएपछि घटनामा संलग्न दुर्गा प्रसाईका समर्थकलाई कर्तव्य ज्यान मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको छ । आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेका उनीहरुलाई चालक पोदो रायको मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनामा संलग्न भएको अभियोगमा प्रहरीले महाअभियान अन्तर्गतको नागरिक प्रतिरक्षा बल (पीडीएफ)का सल्लाहकार हल्दिबारी-१ बस्ने ५१ बर्षीय 
विरबहादुर गुरुङ, जिल्ला संयोजक 
हल्दिबारी-१ स्थाई घर भई हाल बिर्तामोड-५ बस्दै आएका ४० वर्षीय भिम तुम्बापो लिम्बु, सहसचिव बिर्तामोड-७ बस्ने ३३ वर्षीय सुरेश चौधरीलाई, कोषाध्यक्ष अर्जुनधारा-९ बस्ने ३८ बर्षीय रुद्र भुजेल, जिल्ला सदस्यहरु हल्दिबारी-१ बस्ने २४ बर्षीय विवस लिम्बु, बुद्धशान्ति-४ बस्ने १९ बर्षीय बलिहाङ माबो लिम्बु र बिर्तामोड-३ बस्ने ३५ बर्षीय उदय लिम्बुलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।सो घटनामा संलग्न भएको अभियोगमा प्रहरीले अन्य ५ जनालाई पक्राउ गर्न अनुमति लिइसकेको जनाएको छ । जिल्ला अदालत झापाबाट उनीहरूलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान भइरहेकोमा ट्रक चालक रायको असोज १९ गते उपचारको क्रममा भारतको नर्थ बङ्गाल मेडिकल कलेज एण्ड हस्पिटलमा मृत्यु भएपछि सो सम्बन्धमा कानुन बमोजिम कर्तव्य ज्यानमा समेत थप कारवाही अगाडी बढाइएको जिप्रका झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाई काठमाण्डौमा पक्राउ परेपछि आन्दोलित बनेका उनका समर्थकहरुले असोज ६ गते बिर्तामोड नगरपालिका वडा नं. ६ गिरीबन्धु टि इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा बिहान २:३० बजे बिर्तामोडबाट काँकडभिट्टातर्फ जाँदै गरेको पोदो रायले चलाएको डब्लुबी ७३ई३०५६ नम्बरको भारतीय ट्रकलाई आगजनी गरेका थिए । आगजनीबाट चालक सख्त घाइते भएका थिए ।
मोटरसाइकलमा आएका दुर्गाका समर्थकहरुले ट्रक चालकलाई मार्ने उद्धेश्यले प्लाष्टिकको बोतलमा बोकेको पेट्रोलमा आगो लगाएर (पेट्रोल बम) ट्रकको क्याबिनमा प्रहार गरी आगजनी गरेका थिए । 

सम्बन्धित समाचार