२०८३ बैशाख ५ गते , शनिबार

दुर्गा प्रसाईं अभियानका सल्लाहकारसहित थप ६ जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ९ गते , बुधबार
दुर्गा प्रसाईं अभियानका सल्लाहकारसहित थप ६ जना पक्राउ

बिर्तामोड । असोज ६ गते झापामा दुई वटा भारतीय ट्रकमा भएको आगजनीमा संलग्न भएको भन्दै प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ । उनीहरु दुर्गा प्रसाईंले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका सदस्य हुन् ।

प्रहरीले बुधबार महाअभियान झापाका सल्लाहकार हल्दिबारी१ बस्ने ५१ बर्षीय विरबहादुर गुरुङ, कोषाध्यक्ष अर्जुनधारा९ बस्ने ३८ बर्षीय रुद्र भुजेल, जिल्ला सदस्यहरु हल्दिबारी१ बस्ने २४ बर्षीय विवस लिम्बु, बुद्धशान्ति४ बस्ने १९ बर्षीय बलिहाङ माबो लिम्बु र बिर्तामोड३ बस्ने ३५ बर्षीय उदय लिम्बुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग अन्तर्गत अदालतबाट म्याद थप गरि अनुसन्धान गरिहेको जिल्ला प्रहरी झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

उनीहरु फरार अभियुक्त भएको र बिर्तामोड१ चारपानेबाट बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले मंगलबार महाअभियान अन्तर्गतको नागरिक प्रतिरक्षा बलका झापाका संयोजक भिम तुम्बापो लिम्बु र सहसचिव सुरेश चौधरीलाई पक्राउ गरेको थियो ।   

सम्बन्धित समाचार