२०८३ आश्विन १६ गते , शुक्रबार

सुन हालसम्मकै महङ्गो, तोलाको १ लाख ६० हजार माथि

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ९ गते , बुधबार
सुन हालसम्मकै महङ्गो, तोलाको १ लाख ६० हजार माथि

बिर्तामोड । नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो ।

जुन मूल्य अहिलेसम्मकै उच्च भएको महासंघले बुधबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

अघिल्लो दिन मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो ।

यस्तै छापावाल सुन प्रति १० ग्राम भने बुधबार १ लाख ३७ हजार ५१५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार