२०८३ आश्विन १६ गते , शुक्रबार

एसईई पूरक परीक्षामा झापाका ७२.६४ प्रतिशत विद्यार्थी उत्तीर्ण

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ९ गते , बुधबार
एसईई पूरक परीक्षामा झापाका ७२.६४ प्रतिशत विद्यार्थी उत्तीर्ण

बिर्तामोड । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । झापाका ७२.६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

झापाबाट पूरक परीक्षामा ७६१० जना विद्यार्थी सहभागी भएको शिक्षा समन्वय ईकाइ झापाका प्रमुख देवेन्द्र मल्लले जानकारी दिए । उनका अनुसार सहभागीमध्ये ५५२८ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यो ७२.६४ प्रतिशत हो । 

देशभरबाट २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्थात  १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । २०८० मा  सञ्चालित एसईईको पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो ।

सम्बन्धित समाचार