२०८३ बैशाख ६ गते , आईतबार

घुस लिँदालिँदै बुद्धशान्ति २ का वडाध्यक्ष ओली पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ८ गते , मंगलबार
घुस लिँदालिँदै बुद्धशान्ति २ का वडाध्यक्ष ओली पक्राउ

बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली (गोपाल) घुस लिँदालिँदै पक्राउ परेका छन् । ओली बिर्तामोडको हनुमान सेन्ट्रलबाट मङ्गलबार पक्राउ परेका हुन् ।
अमरनाथ चौहानलाई घरजग्गा बाटोको सिफारिस उपलब्ध गराइ दिए बापत घुस रकम मागेका ओलीलाई ८० हजार घुस लिँदै गरेको अवस्थामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य अर्जुन पाण्डेको नेतृत्वमा गएको टोलीले पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन् ।
आफ्नो क्षेत्राधिकारको विषय नभएकोले ओलीलाई सुरक्षाका लागि कार्यालयमा राखिएको र अख्तियारलाई खबर गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।

सम्बन्धित समाचार