ससुराको हत्या गरी फरार ज्वाईं पक्राउ
बिर्तामोड । मोरङको पथरीशनिश्चरेमा शनिबार ससुराको हत्या गरी फरार ज्वाईं पक्राउ परेका छन् ।
असोज ५ गते पथरीशनिश्चरे नगरपालिका वार्ड नम्बर ७ मायालु चोक बस्ने बर्ष ६२ को चन्द्र बहादुर तामाङको हत्या आरोपमा उनका ज्वाईं मोरङ कानेपोखरी गाउँपालिका वार्ड नम्बर ५ बस्ने बर्ष २९ को रविन राई लाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार बिहान ७:२० बजे आफ्नै घरमा धारिलो हतियार प्रहारबाट घाँटी, टाउको र चिउडोमा काटिएको अवस्थामा मृत फेला परेसँगै राई फरार भएका थिए ।
राईलाई आइतबार धनकुटाको मूलघाट बाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। राईलाई सोमबार मोरङ जिल्ला अदालतबाट दिन ४ (चार) म्याद थप गरी ईलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृतक ससुरा र ज्वाईं रविन राई विच मादक पदार्थ सेवन पश्चात वादविवाद हुँदा राईले दाउले प्रहार गरेको र चन्द्रबहादुरको घटनास्थलमै मृत्यु भएको खुल्न आएको छ ।