२०८३ आश्विन १६ गते , शुक्रबार

विविध कार्यक्रम गरी बेल्स मोडलले मनायो बाल दिवस

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ३० गते , आईतबार
विविध कार्यक्रम गरी बेल्स मोडलले मनायो बाल दिवस

बिर्तामोड । झापाको बिर्तामोड–७ स्थित भुसाबारीमा रहेको बेल्स मोडल स्कुलले  विविध कार्यक्रम गरी बाल दिवस मनाएको छ । बिद्यालयले आज (शनिवार) विभिन्न कार्यक्रम गरी ६०औं राष्ट्रिय बालदिवस मनाएको हो ।

बालदिवसका अवसरमा आयोजित कार्यक्रममा बिद्यार्थीहरुले कविता बाचन, नृत्य, गायन, नाटकलगायतका बिधामा आ–आफ्नो कला प्रस्तुत गरेका थिए । सोही कार्यक्रमकाबिच बिद्यालयले बिभिन्न बिधामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृतसमेत गरेको थियो ।

कक्षा नर्सरीदेखि १० सम्मका प्रत्येक कक्षाका तीन जना बिद्यार्थीलाई बिधागत पुरस्कार बितरण गरिएको थियो । उनीहरुलाई बिर्तामोड नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुली, शिक्षक अभिभावक संघका अध्यक्ष ताराप्रसाद चापागाई, बिद्यालयका सस्थापक अध्यक्ष जयकुमार प्रसाई, प्रिन्सिपल ताराकुमार प्रसाईले पुरस्कार बितरण गरेका थिए । 

बिद्यालय ब्यवस्थान समितिका अध्यक्ष जयकुमार प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश प्रिन्सिपल ताराकुमार प्रसाईले पारेका थिए । कार्यक्रम विद्यालयका भाइस प्रिन्सिपल देवान ढुङ्गानाले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार