२०८३ बैशाख ६ गते , आईतबार

मेची क्याम्पसका विद्यार्थीले बनाएको एप १३ लाखमा बिक्री

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २७ गते , विहीबार
मेची क्याम्पसका विद्यार्थीले बनाएको एप १३ लाखमा बिक्री

बिर्तामोड झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले बनाएको एउटा एप महंगो मुल्यमा बिक्री भएको तीन जना विद्यार्थीहरूले बनाएको एन्ड्रोइड एप (वाई-फाई थिफ डिटेक्टर) १३ लाख रुपैयाँमा बिक्री भएको हो

मेची बहुमुखी क्याम्पसमा ब्याचलर्स इन कम्प्युटर एप्लिकेसन (बीसीए) अध्ययनरत विद्यार्थीहरूले हालै इजरायली कम्पनी राउन्ड्स एआई लिमिटेडलाई आफ्नो एप बिक्री गरेका हुन्

एप बनाउने तीन जना विद्यार्थी तेज मगर (२२), उत्सव दाहाल (२२) राहुल विष्ट (२१) हुन् तीनै जना झापाकै स्थानीय हुन् उनीहरूमध्ये समूहमा तेज नेतृत्वदायी भूमिकामा छन् एप बनाउन पनि सुरुमा तेजले नै अग्रसरता देखाएका थिए

उनले ११ कक्षा पढ्दै गर्दा एप तथा वेबसाइट डेभलप गर्न लागिपरेका थिए त्यसयता उनी एक्लैले केही अन्य एप पनि बनाए यो एप बनाउन भने उनले तीन वर्ष अघि काम थालेका थिए नेटवर्क सम्बन्धी रुचि भएकाले वाई फाई थिफ डिटेक्टर एप बनाउन सुरु गरेको उनी बताउँछन्

एप बनाउन सिक्दै गर्दा नेटवर्कले कसरी काम गर्छ, एउटा डिभाइसमा कनेक्ट भएपछि आईपी एड्रेस जस्ता विवरण कसरी निकाल्न सकिन्छ भनेर खोज्दै जाँदा एप बनाउन मन लाग्यो, त्यसपछि एप बनाएँ, उनले भने

अहिले उनीहरूले यो एप बनाएको साढे दुई वर्षजति भइसकेको कलेज भर्ना पछि लगत्तै एप विकासको काम थालेका उनीहरू अहिले पाचौँ सेमेस्टरमा अध्ययनरत छन्

उनीहरूको चिनजान पनि त्यही कलेजमै भएको हो, २०७८ साल तिर भर्ना भएपछि मात्रै उनीहरूले फ्रिल्यान्सिङ तरिकाले एप बनाउने गरेका छन् उनीहरू आफूलाई इन्डी डेभलपर भनेर चिनाउन रुचाउँछन् यो भनेको कतैबाट पैसा नलिई स्वस्फूर्त रूपमा एप डेभलप गर्नु हो

यो एप विकासपछि मात्र जोडिएका उत्सव राहुलको भूमिका पनि उल्लेखनीय उनीहरूले एपको अपडेटपछि काम थालेका थिए एपमा यूआई तथा यूएक्स, एड म्यानेजर आदिमा उनीहरूको योगदान रहेको

राउन्ड्स एआई लिमिटेडलाई एप बिक्री गर्नुअघि पनि उनीहरूले सो एपबाट कमाई भने गरिरहेकै थिए तेजका अनुसार विगत दुई वर्षदेखि नै मासिक ३०० डलरसम्म कमाई भइरहेको थियो

एप बिक्री गर्दा चार लाख ३० हजार बढी डाउनलोड भइसकेको थियो भने फिलिपिन्स, इन्डोनेसिया, इजिप्टका प्रयोगकर्ता बढी थिए यस एप उनीहरूले एन्ड्रोइड स्टुडियोमा जाभा प्रोग्रामिङ ल्याङ्ग्वेज प्रयोग गरेर बनाएका थिए

यसअघि उक्त इजरायली कम्पनी बाहेक अन्यले पनि उनीहरूलाई एप खरिद गर्ने प्रस्ताव नपठाएका होइनन् त्यस मध्ये राउन्ड्स एआई लिमिटेडले उनीहरूलाई राम्रै मूल्यमा प्रस्ताव पठायो

सो कम्पनीले केही समयअघि बर्दिया बाँसगढी-५ का कर्णबहादुर बुढा क्षेत्रीले बनाएको एन्ड्रोइड एप (पिक अप लाइन्सफ्लट मेसेजेज) पनि करिब ७० लाख रुपैयाँमा खरिद गरेको थियो

कर्ण उनीहरूबिच पहिल्यैदेखि चिनजान पनि थियो यसले गर्दा उक्त कम्पनीप्रति विश्वास भएको एप बिक्री गर्न राजी भएको तेज सुनाउँछन्

एपबाट कमाइ भइरहेको भए पनि बेचेर आएको पैसाले फेरि अरू एप बनाउन लागौँ भनेर त्यस्तो निर्णय लिइएको उनको भनाई उनीहरूले करिब एक महिनाको छलफलपछि एप बिक्री गरेका हुन्

डाउनलोड धेरै भएको एपको फिचर उपयोगी समेत रहेकाले उक्त कम्पनीले एप खरिद गरेको उनीहरू सुनाउँछन्

कस्तो एप ?

एपले स्क्यानर जस्तै गरी काम गर्छ अर्थात् वाईफाईमा कुनकुन डिभाइस जोडिएका छन् भनेर यो एपबाट हेर्न सकिन्छ अलि सामान्य रूपमा भन्नु पर्दा वाईफाईमा कति ओटा डिभाइस कनेक्ट छन् भनेर देखाउने एप हो, यो

तर यसमा इन्टरनेट स्पिड टेस्ट, ट्रेस रुट (आफ्नो डेटा कसरी इन्टरनेटमा प्रवाह हुन्छ भनेर हेर्ने), डेटा युसेस जस्ता फिचर रहेका छन्

यसका साथै एपको सशुल्क भर्सन पनि उपलब्ध सो भर्सनलाई समेत उनीहरूले बिक्री गरिसकेका छन् प्रो भर्सन चलाउन पहिले ३.९९ डलर शुल्क रहेको थियो अहिले भने ४.०१ डलर बनाइएको जुन बिक्रीपछि इजरायली कम्पनीले बनाएको तेजले बताए सशुल्क भर्सन चलाउन त्यति तिरेपछि भने सधैँभर विज्ञापन रहित रूपमा एप चलाउन पाइन्छ

अहिले भने उनिहरूले एज बिजी नामक वेबसाइट चलाइरहेका छन् यसबाट कुनै पनि फोटोको पृष्ठभुमि एक क्लिकमै हटाउन सकिन्छ अब एप बिक्रीबाट आएको रकमले थप एप बनाउने उनीहरूको योजना

सम्बन्धित समाचार