२०८३ बैशाख ५ गते , शनिबार

बिर्तामोडमा जुत्ता चप्पल मेला शुरु, ५० प्रतिशतसम्म छुट पाइने

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २५ गते , मंगलबार
बिर्तामोडमा जुत्ता चप्पल मेला शुरु, ५० प्रतिशतसम्म छुट पाइने

बिर्तामोड झापाको बिर्तामोडमा चाडपर्व नजिकिँदै जाँदा जुत्ता चप्पल मेला शुरु भएको बिर्तामोडको सिटी सेन्टरमा मंगलबारबाट मेला शुरु भएको हो

एक कार्यक्रमका बिच बिहीबार बिर्तामोडकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले मेलाको उद्घाटन गरिन् उनले मेलाको उद्घाटन गर्दै महङ्गो मुल्य हालेर किनेको विदेशी उत्पादनमात्र राम्रो भन्ने बुझाईलाई परिवर्तन गर्न स्वदेशी उत्पादनको प्रयोगलाई आम उपभोक्ताले प्राथमिकतामा राख्न आग्रह गरिन् स्वदेशी उत्पादनको प्रयोगले उपभोक्ता व्यवसायी दुवैलाई फाइदा पुग्ने उनले बताइन्

नेपालमा स्थापित चर्चित जुत्ता चप्पल कम्पनी ब्राण्डहरु बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज, क्रस रोड सुज गरी वटा कम्पनीका १० भन्दा बढी ब्राण्डका जुत्ता चप्पल उपलब्ध रहेको जुत्ता उत्पादक नानीराज घिमिरेले जानकारी दिए

मेलामा दशैं तिहार लक्षित नयाँ डिजाइनका स्पोर्टस् सुज, क्याजुअल सुज, पाटी सुज, स्कुल सुज, फुटबल, फुटसलका सुज बालबालिकाका सुजहरु उपलब्ध हुने पनि घिमिरेले बताए

मेला अवधिभर न्यूनतम् १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने आयोजकले जनाएको । मेला असोज २४ गतेसम्म चल्ने छ ।

सम्बन्धित समाचार