२०८३ बैशाख ६ गते , आईतबार

छोरीहरुलाई बिष खुवाएर आमा बेपत्ता भएको आशंका

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र १६ गते , आईतबार
छोरीहरुलाई बिष खुवाएर आमा बेपत्ता भएको आशंका

झापा मोरङको सुन्दरहरैंचामा मृत फेला परेका दुई बालिकालाई बिष सेवन गराई हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको सुन्दरहरैंचा गोठगाउँमा वर्षकी अर्पणा कार्की वर्षकी आयिका कार्कीको शव फेला परेको थियो

मृतक नाबालिकाहरू धनकुटा पाख्रिबास डिकुरे घर भई हाल मोरङ सुन्दरहरैंचा मालती टोल स्थित सिता रेग्मीको घरमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्की अस्मिता पौडेलका छोरी हुन् दुई बालिकाको शव भेटिएको स्थानमा विषादीको बट्टापनि भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताए

कार्कीका अनुसार अर्जुन अस्मिताबिच शुक्रबार साँझ बजेतिर झगडा भएको थियो सवारी चालक रहेका अर्जुन बिहानै आफ्नो काममा लागे श्रीमती अस्मिता पनि बिहानको मिर्मिरेमै दुई बालबच्चा च्यापेर पूर्वाञ्चल विश्वविद्यालयतिर लागेको स्थानीय जानकारी दिएको प्रहरी प्रमुख एसपी कार्कीले बताए

तर, शनिबार दिउँसो साढे बजेतिर दुई नाबालिकाको शव भेटिएको थियो उनीहरूको शव भेटिए पनि आमा अस्मिता भने अझै भेटिएकी छैनन् आफ्ना दुवै छोरीलाई विष खुवाएर फरार भएको हुनसक्ने प्रहरीले जनाएको

अर्जुन   श्रीमती २९ वर्षकी अस्मिता पौडेलबिच शुक्रबार बेलुका भनाभन भएको रहेछ, एसपी नवराज कार्कीले भने, ‘शनिबार दिउँसो साढे बजे दुई छोरी मृत भेटिए बालिकाको शव भेटिएको स्थान नारायण न्यौपानेको केरा बगान हो

केरा बगानमा दुईवटा बच्चा मृत अवस्थामा  फेला परेको भन्ने खबर स्थानीयले प्रहरी चौकी गछियालाई जानकारी गराएका थिए एसपी कार्की नेतृत्वको टोली घटनास्थलमा पुगेको घटनाको विषयमा छानबिन भइरहेको उनले जानकारी दिए

अस्मितालाई नभेटेसम्म घटनाको वास्तविकता नआउने भएकोले उनको खोजी भइरहेको बालबालिकाको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको , एसपी कार्कीले भने

सम्बन्धित समाचार