पेट्रोलियम पदार्थको मूल्य घट्यो
बिर्तामोड । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज विहानबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ ।
आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोलिटर ३७ डलर मूल्य घटाइएको छ ।
खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् नै छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र विरगञ्जमा पेट्रोल १६२ रुपैँया ५० पैसा र डिजेल तथा मटिट्तेल १५२ रुपैँया ५० पैसा प्रतिलिटर पर्नेछ ।
काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै पेट्रोल र मट्टीतेलको मूल्य काठमाण्डौ र दिपायल क्षेत्रमा लिटरको १५४ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५३ रुपैयाँ र अरु क्षेत्रमा १५१ रुपैयाँ ५० पैसा पर्नेछ ।