२०८३ बैशाख ६ गते , आईतबार

बीएण्डसीको सम्बन्धनको विरुद्धमा डा. केसी सर्वोच्चमा

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २ गते , आईतबार
बीएण्डसीको सम्बन्धनको विरुद्धमा डा. केसी सर्वोच्चमा

बिर्तामोड मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज बीएण्डसीको पक्षमा भएको फैसला त्रुटिपूर्ण भएकाले बदर हुनुपर्ने भन्दै डा. गोविन्द केसीले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन पेस गरेका छन् केसीले आइतबार आफै सर्वोच्च अदालत उपस्थित भएर उक्त फैसला बदरको माग गरेर निवेदन दिएका हुन्

केसीले दिएको निवेदन दर्ता दरपिठ कुनै पनि नभएर अध्ययनको क्रममा रहेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले बताए उनका अनुसार केसीको निवेदन दर्ता हुने वा नहुनेबारे अध्ययनपछि मात्र निर्णय हुने अघिल्लो फैसलामा केसी निवेदन प्रतिवादी दुवै नभएकाले रिट दर्ता गर्ने विषयमा अध्ययन भइरहेको सर्वोच्चको भनाई   

केसीले वटा आधार देखाउँदै प्रसाईंको पक्षमा भएको उक्त फैसला बदर हुनुपर्ने माग गरेका छन्   २०८० चैत १२ गते सर्वोच्चले प्रसाईंको मेडिकल कलेजलाई प्रक्रिया पुरा गरी सम्बन्धन दिनु भनी आदेश गरेको थियो न्यायाधीशद्वय कुमार चूडाल सारंगा सुवेदीको इजलासले प्रसाईंको मागअनुसार रिट जारी हुने निर्णय सुनाएको थियो  

प्रसाईंले आफ्नो बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै चिकित्सा शिक्षा आयोग, काठमाण्डौ विश्वविद्यालयलयागत निकायका विरुद्ध २०७७ असारमा रिट दायर गरेका थिए   केसीको अभियानका कारण आफ्नो व्यवसाय धरापमा परेको उनको आरोप थियो

आफ्नो मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै चिकित्सा शिक्षा आयोग, काठमाण्डौ विश्वविद्यालयलगायतका निकायका विरुद्ध २०७७ असारमा प्रसाईंले दायर गरेको रिटको अन्तिम सुनुवाइ गर्दै सर्वोच्चले पक्षमा फैसला सुनाएको थियो

प्रसाईंले २०६८ सालमा शिक्षा मन्त्रालयबाट मेडिकल कलेज सञ्चालनका लागि मनसायपत्र प्राप्त गरेका थिए त्यही मनसायपत्रका आधारमा उनले विभिन्न बैंकको ठुलो रकम ऋण लिएका थिए तर, उनले २०७४ सालपछि मनसायपत्र नवीकरण गराएका थिएनन्

नवीकरण नगराएपछि मनसायपत्र स्वतः रद्द भएको दाबी डा. केसीको निवेदनमा गरिएको

व्यापार व्यवसाय गर्ने स्वतन्त्रता निरपेक्ष हो जस्तो गरी इजलासले प्रस्तुत गरेको यो त्यस्तो निरपेक्ष स्वतन्त्रता होइन धारा १७ अन्तर्गत प्रत्याभूत नेपालको कुनै पनि भागमा पेसा, रोजगार गर्ने उद्योग, व्यापार तथा व्यवसायको स्थापना सञ्चालन गर्ने स्वतन्त्रता जहिले पनि मनासिब प्रतिबन्धको अधीनस्थ रहेर उपभोग गर्न पाइने स्वतन्त्रता हो, निवेदनमा भनिएको , ‘ सो कुरा सोही धाराको देहाय (६) मा उल्लिखित मनासिब प्रतिबन्धका आधारहरूको सामान्य पाठबाट पनि स्पष्ट हुन्छ

अर्बौं खर्च गरेर विपक्षीले व्यापार व्यवसाय गर्न नपाएको भन्ने तर्क अतिरञ्जित  भएको हस्पिटल सञ्चालन गर्न नपाएको भन्ने कहीँ कतै नदेखिएकाले उक्त आदेशमा फैसला गर्न नमिल्ने केसीको तर्क

चिकित्सा शिक्षा दिलाउने गरी विद्यार्थी भर्ना तथा कक्षा सञ्चालनको सवाल , यसलाई व्यापार व्यवसायको एकांकी विषयको रूपमा हेरिनु सर्वथा गलत हो, रिटमा भनिएको , अझ समाजवाद संवैधानिक न्यायको संवैधानिक मार्गदर्शनको आलोकमा यो सोच्नपनि सकिँदैन जनताको स्वास्थ्य तथा गुणस्तरीय शिक्षा सम्बन्धी मौलिक हकसँग चिकित्सा शिक्षा गाँसिएको भन्ने कुरा सम्मानित इजलासले न्यायिक जानकारीमा लिनु पर्ने नै हो हस्पिटल सञ्चालनमा आउने कुराले मात्रै चिकित्सा शिक्षाको गुणस्तरीय पठनपाठन सुनिश्चित हुने कुरा होइन

संवेदनशील सार्वजनिक हितको विषयलाई व्यापार गर्ने स्वतन्त्रताको कोणबाट एकांकी रूपमा मात्रै हेरेर फैसला सुनाइएको निवेदनमा दाबी

सम्बन्धित समाचार