२०८३ बैशाख ५ गते , शनिबार

प्रभु बैंक प्रकरण : घटना रहस्यमय बन्दै

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २२ गते , मंगलबार
प्रभु बैंक प्रकरण : घटना रहस्यमय बन्दै

बिर्तामोड प्रभु बैंक बिर्तामोड शाखाबाट मञ्जुकुमारी नेपालको एक करोड १७ लाख रुपैयाँ हराएको घटना रहस्यमय बन्दै गएको बैंकले एक पछि अर्को विज्ञप्ति निकालेर बैंकका मार्केटिङ म्यानेजर प्रमोद सिटौलाले नक्कली कागजात बनाइदिएको भन्दै घटनालाई थप रहस्यमय बनाएको

बिर्तामोड स्थित मःमः फ्याक्ट्रीका सञ्चालक टिकाराम नेपाल नेतीले आफ्नी श्रीमती मञ्जुकुमारी नेपालको नाममा प्रभु बैंकमा रहेको मुद्दती खाताबाट सो रकम हराएको भन्दै साउन १६ गते पत्रकार सम्मेलन गरे त्यसको तीन दिनपछि साउन १९ गते प्रभु बैंकले प्रेस विज्ञप्ति निकालेर मञ्जुकुमारी नेपालको नाममा बैंकमा पैसा नै जम्मा नभएको बताएको

बैंकका कर्मचारी सिटौला बेपत्ता छन् कर्मचारी बेपत्ता हुनु बैंकले पैसा जम्मा नभएको बताउनु बचतकर्ताले बैंकमा आफूले जम्मा गरेको पैसा हराएको भन्दै प्रहरी प्रशासनमा समेत उजुरी गर्नुले प्रभु बैंकबाट बचतकर्ताको पैसा हराएको घटना थप रहस्यमय बन्दै गएको कर्मचारी सिटौलाले एक्लै नक्कली कागजात बनाउने काम गरे कि बैंकका अन्य कर्मचारीको समेत मिलेमतो भन्ने प्रश्न उब्जिएको पत्रकार समेत रहेका टिकाराम नेपालले अमेरिका जान नक्कली कागजात बनाउन लगाएका हुन् त ? बैंकमा पैसा जम्मा नै नगरी उनले भुक्तानी लिन खोजेका हुन् त ? सिटौलाले नेपालको रकम अपचलन गरी कागजात नक्कली उपलब्ध गराएका हुन् त ? बैंकले यी कुराहरुमा बेवास्ता गर्दै प्रारम्भिक अनुसन्धानका नाममा विज्ञप्तिबाजी गरेर पन्छन मिल्छ? यतिबेला यस्ता अनेकौं प्रश्न उब्जन थालेका छन्

टिकाराम आफ्नी श्रीमती मन्जुसहित केही समयअघि छोराहरू भेट्न अमेरिका गएका थिए अमेरिका जानु अघि श्रीमतीको नाममा आफूले करोड १० लाख ४३ हजार रुपैयाँ महिने मुद्धती खातामा जम्मा गरेको सो समय पुगेपछि रकम निकाल्न जाँदा खातामा दुई लाख रुपैँयामात्र भनेर बैंकले भनेको उनले दाबी गरेका छन् अमेरिका जानुअघि आफूलाई बैंकका कर्मचारी सिटौलाले करोड १९ लाख जम्मा भएको व्यालेन्स सर्टिफिकेट उपलब्ध गराएको उनले बताएका छन्

प्रभु बैंकले भने मञ्जुकुमारी नेपालका नाममा बैंकमा रकम जम्मा नै नभएको मुद्धती रसिद, व्यालेन्स सर्टिफिकेट स्टेटमेण्ट नक्कदी भएको दाबी गरेको पैसा जम्मा गरेको मुद्दती रसिद बैंक स्टेटमेन्ट ब्यालेन्स सर्टिफिकेट नक्कली भएको प्रारम्भिक छानबिनबाट देखिएको बैंकका कोशी प्रदेश प्रमुख बद्रीकुमार कटवालले बताए उनले सो सम्बन्धमा छानबिन भइरहेको कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारबाहीका लागि प्रक्रिया अघि बढाइसकेको जनाएका छन्

सिस्टममा मञ्जुकुमारी नेपालको नाममा पैसा जम्मा भएको देखिँदैन, उनले भने, उहाँहरुले देखाएका सबै डकुमेन्ट बैंकले आधिकारिक रुपमा जारी गरेको डकुमेण्ट होइनन् बैंकको नाम जोडेर गलत ढंगले गैरकानुनी रूपमा कसैले काम गरेको भए बैंक जवाफदेही हुँदैन यो प्रकरणपछि बैंकले सो घटनामा प्रत्यक्ष जोडिएका कर्मचारीलाई निलम्बन गरेको भने बाँकी कर्मचारीलाई सरुवा गरेको जनाएको

प्रभु बैंकले घुमाउरो पारामा यो घटनामा कर्मचारी प्रमोद सिटौलाको संलग्नता देखाएर चोखिन खोजिरहेको देखिन्छ यो घटनामा प्रमोद सिटौला संलग्नता देखिए बैंकका बिर्तामोड शाखा प्रबन्धक गणेशबहादुर बरालको पनि संलग्नता हुने स्रोतको दाबी । मार्केटिङ म्यानेजरले मात्र एक्लै यस्तो काम गर्न सक्दैनन्, स्रोतले भन्यो, यहाँ बैंकका अन्य कर्मचारीको समेत मिलेमतो हुन सक्छ सिटौला फसेको खण्डमा बरालपनि तानिने भएपछि सिटौलालाई रहस्यमय ढंगले फरार बनाइएको हुन सक्ने स्रोतको दाबी बैंकले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि मोटो रकम लिएर यस्ता नक्कली डकुमेन्ट बनाईदिने गरेको स्रोतको दाबी

यता सिटौला हराएको भन्दै खोजतलास गरिदिन परिवारले प्रहरीमा निवेदन दिएका छन् सिटौलाको खोजीका लागि देशभर सर्कुलर गरिएको प्रहरीले जनाएको

सम्बन्धित समाचार