२०८३ बैशाख ६ गते , आईतबार

प्रभु बैंक निक्षेप प्रकरण : मञ्जुकुमारी नेपालको मुद्धती रसिद नक्कली

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २० गते , आईतबार
प्रभु बैंक निक्षेप प्रकरण : मञ्जुकुमारी नेपालको मुद्धती रसिद नक्कली

बिर्तामोड मन्जुकुमारी नेपालले आधिकारिक रुपमा आफ्नो बैंकमा रकम जम्मा नगरेको प्रभु बैंकले स्पष्ट पारेको बैंकले आज एक विज्ञप्ति जारी गरी नेपालले मुद्धती रसिदको रकम फिर्ता पाउँ भनि दिएको निवेदन अनुसार बैंकमा रकम नभएपछि छानबिन गर्दा मुद्धती रसिद नक्कली पाइएको बैंकले जनाएको हो

बैंकका कोशी प्रदेश प्रमुख बद्रीकुमार कटवालले नेपालको निवेदन पश्चात रकम नभएको पाइएपछि गरिएको छानबिनबाट मुद्धती रसिद, ब्यालेन्स सर्टिफिकेट स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनाधिकृत एवं नक्कली रहेको व्यहोरा प्रारम्भिक रुपमा देखिन आएको जनाएका छन् उनले सो सम्बन्धमा थप छानविन भैरहेको कानुन बमोजिम अनुसन्धान गरी दोषीउपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाईसकिएको विज्ञप्तिमा उल्लेख गरेका छन आवश्यक छानविन तथा प्रचलित कानुनबमोजिमको कारवाहीपश्चात् उक्त घटनाको सत्य, तथ्य वास्तविकता पत्ता लागेर दोषीउपर ठहरे बमोजिमको कारवाही हुने नै भन्नेमा बैंक विश्वस्त रहेको उनले उल्लेख गरेका छन्

बिर्तामोड स्थित मम फ्याक्ट्रीका संचालकसमेत रहेका टिकाराम नेपाल नेतीले प्रभु बैंक बिर्तामोड शाखाले आफ्नो करोड १७ लाख रुपैयाँ गायब गरे सञ्चारमाध्यममार्फत घटना बाहिर ल्याएका थिए उनले आफ्नी श्रीमती मञ्जुकुमारी नेपालले प्रभु बैंकको बिर्तामोड शाखामा करोड १९ लाख रुपैयाँ मुद्धती खातामा जम्मा गरेकोमा खाता म्याचुअर्ड भएपश्चात रकम निकाल्न जाँदा खातामा लाख मात्र जम्मा देखिएको पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए नेतीले बैंकका मार्केटिङ म्यानेजर चन्द्रगढी बस्ने प्रमोद सिटौलाले आफूले जम्मा गरेको रकम नियतबश हिनामिना गरेको दावी गरेका थिए

सम्बन्धित समाचार