२०८३ बैशाख ५ गते , शनिबार

नेपाल नेत्र सहायक परिवार कोशीको अध्यक्षमा बोहोरा

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १९ गते , शनिबार
नेपाल नेत्र सहायक परिवार कोशीको अध्यक्षमा बोहोरा

बिर्तामोड नेपाल नेत्र सहायक परिवार कोशीको अध्यक्षमा युवराज बोहोरा चयन भएका छन् झापाको बिर्तामोडमा सम्पन्न प्रदेश स्तरीय नेपाल नेत्र सहायक परिवारको अधिवेशनबाट बोहोरा अध्यक्षमा चयन भएका हुन्

उनी नेपाल स्वास्थ्य प्रबर्धन तथा शिक्षा संघ नेपालका समेत प्रदेश अध्यक्ष हुन् बोहोरा बिर्तामोडस्थित मेची आँखा अस्पतालमा स्वास्थ्य शिक्षा अधिकृतका रुपमा कार्यरत छन्

समितिको उपाध्यक्षमा सञ्जु अर्याल (बिर्तामोड आँखा अस्पताल), सचिवमा अञ्जनीकुमार सिंह (बिराटनगर आँखा अस्पताल), सहसचिवमा होमप्रसाद धिताल (मेची आँखा अस्पताल), कोषाध्यक्षमा निरज दाहाल (मेची आँखा अस्पताल), सहकोषाध्यक्षमा ज्योत्सना महतो (बिराटनगर आँखा अस्पताल) रहेका छन्

सदस्यहरुमा दर्पण सिग्देल (दानावारी आँखा अस्पताल), करिष्मा नेम्वाङ्ग (दृष्टि आँखा अस्पताल), प्रज्जवल भट्टराई (काँकरभिट्टा आँखा अस्पताल), पुष्कर झा (फिक्कल आँखा अस्पताल), ओमेश्वर साह (रामलाल गोल्छा आँखा अस्पताल), सुरेश झा (बिराटनगर आँखा अस्पताल) सविना अर्याल (बिराटनगर आँखा अस्पताल) रहेका छन्

उनीहरुलाई निर्वाचन समिति संयोजक निलम पौडेल, सदस्यद्वय तुलसी दाहाल भरत सापकोटाले पद तथा गोपनियताको सपथ गराएका थिए

कोशी प्रदेशका २१ वटा आँखा अस्पतालका सय ५० जना भन्दा धेरै नेत्र सहायकहरु  कार्यक्रममा सहभागी थिए

नेत्र सहायक परिवारका केन्द्रीय अध्यक्ष रमेश घिमिरेको प्रमुख आतिथ्य तथा आयोजक समिति संयोजक तुलसीप्रसाद दाहाल (विनोद)को अध्यक्षतामा कार्यक्रम भएको थियो

बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत ठूमनलाल राजवंशीले स्वागत गरेको कार्यक्रममा मेची आँखा अस्पतालकी नेत्र अधिकृत कविता कार्की कडरियाले औचित्यमाथि प्रकाश पारेकी थिइन्

कार्यक्रममा डा.शेषकान्त अर्याल, डा. पुरुषोत्तम जोशी, डा.राजेश प्रधान, विमल पौडेल, रमेश घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए

सम्बन्धित समाचार