२०८३ बैशाख ६ गते , आईतबार

प्रधानमन्त्रीका सल्लाहकार खतिवडाको दबाबमा रोकियो राष्ट्र बैंकको मौद्रिक नीति

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण ५ गते , शनिबार
प्रधानमन्त्रीका सल्लाहकार खतिवडाको दबाबमा रोकियो राष्ट्र बैंकको मौद्रिक नीति

झापा नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्ने भनेको मौद्रिक नीति २०८१/८२ रोकिएको बिहीबार नियुक्त भएका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाको दबाबमा नीति सार्वजनिक गर्न रोकिएको हो

मौद्रिक नीति पास गर्न बसेको बोर्ड बैठकका एक सदस्यका अनुसार खतिवडाले अध्ययन गरेपछि मात्र नीति सार्वजनिक हुनेछ राष्ट्र बैंकका पूर्वगभर्नरसमेत रहेका खतिवडाले मौद्रिक नीति आफूले अध्ययन गर्नुपर्ने त्यसमा संशोधन गरेपछि मात्र सार्वजनिक गर्न दबाब दिएको ती सदस्यले बताए त्यसपछि प्रधानमन्त्रीकै निर्देशनमा मौद्रिक नीति सार्वजनिक गर्ने तयारीलाई राष्ट्र बैंकले स्थगन गरेको हो

बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएकाले कर्जा बढाउने नीतिका साथ मौद्रिक नीति ल्याउन लागेको राष्ट्र बैंकले जनाएको थियो बैंकले चालु आर्थिक वर्षमा कर्जा विस्तार गर्नेगरी मौद्रिक नीतिको मस्यौदा तयार गरेको जनाएको

निर्माण क्षेत्र, थोक तथा खुद्रा क्षेत्रमा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा तयार भएको जनाइएको त्यस्तै, कर्जा बढाउन सेयर बजार, घरजग्गा सवारीसाधन कर्जामा लोन टू भ्यालु रेसियो जोखिम भारमार्फत् सहजीकरण गर्न खोजिएको राष्ट्र बैकले जनाएको बजेटमार्फत नसमेटिएका कतिपय विषय मौद्रिक नीतिले सम्बोधन हुनेमा निजी क्षेत्र आशावादी छन्

खतिवडाका कारण मौद्रिक नीति केही दिन पछाडि धकेलिएको राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीति पास गर्न आइतबार पुनः बोर्ड बैठक बस्नेछ

सम्बन्धित समाचार