२०८३ बैशाख ५ गते , शनिबार

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

sajilo news
परिवेश मिडिया
२०८१ असार ३० गते , आईतबार
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

एजेन्सी अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्

घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्याएका थिए

पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो

प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो

बाइडेनले गरे निन्दा

राष्ट्रपति जो बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका छन् ट्रम्पमाथि गोली चलेको समय बाइडेन डेलाभेयरमा थिए चर्चबाट बाहिरिने क्रममा मिडियाकर्मीलाई प्रतिक्रिया दिँदै बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका हुन्

सबै अमेरिकीलाई एकजुट हुँदै यस्ता खालका आक्रमणको निन्दा गर्न आह्वान गर्दै उनले भने, ‘अमेरिकामा यस्ता खालका हिंसाको कुनै स्थान छैन ट्रम्प सुरक्षित रहेको उनको स्वास्थ्य राम्रो रहेको जानकारी पाउँदा आफूलाई खुसी लागेको पनि बाइडेनले बताए

गोली चलाउने व्यक्ति मारिए

बीबीसीका अनुसार ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेका छन् सो घटनामा अर्का एक सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको

अमेरिकाको सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लेल्मीले घटनाबारे जानकारी दिँदै ट्रम्प पूणर्रुपमा सुरक्षित रहेको उनीमाथि आक्रमण गर्ने संदिग्ध बन्दुकधारी सुरक्षा कारबाहीमा मारिएको जनाएको अमेरिकी अधिकारीहरुले यो आक्रमणको अनुसन्धान गरिरहेको जनाएका छन्

चुनावी र्यालीमा ट्रम्पले करिब पाँच मिनेट बोलेपछि केही पड्किएको जस्तो आवाज सुनिएको थियो जब गोली चल्न थाल्यो, भिडमा कोलाहल मच्चियो

ट्रम्पलाई केही सेकेण्डसम्म सुरक्षा दस्ताले घेरेर राखे अनि स्टेजबाट ओराले स्टेजबाट ओर्लिंदै गर्दा ट्रम्पले हावामा मुठ्ठी उचालेका थिए त्यसपछि सुरक्षाकर्मीहरुले ट्रम्पलाई गाडीमा हालेर लगेका थिए

सम्बन्धित समाचार