२०८३ बैशाख ६ गते , आईतबार

नेपाली पूँजी बजारका पाँच महंगा कम्पनी हेर्नुहोस

sajilo news
परिवेश मिडिया
२०८१ असार २६ गते , बुधबार
नेपाली पूँजी बजारका पाँच महंगा कम्पनी हेर्नुहोस

झापा नेपालको शेयर बजार तीन वर्ष अगाडि ३२ सयको हाराहारीमा पुगेको थियो त्यो अहिलेसम्मकै उच्च हो तर, त्यसपछि विगत वर्षदेखि १८ सयदेखि २२ सयको बीचमा साइडवेज चलिरहेको

पुँजी बजारमा धेरै भार रहेको वाणिज्य बैंकको शेयरको मूल्य डेढ सयदेखि सयमा चलिरहँदा पनि नेप्सेमा सूचीकृत कतिपय कम्पनीहरु भने १० हजार रुपैयाभन्दा माथिको मूल्यमा कारोबार भइरहेका छन्

नेप्सेको सोमबारको कारोबार अनुसार वटा कम्पनीको शेयर मूल्य १० हजार रुपैयाँभन्दा माथि कारोबार भइरहेको अन्तर्राष्ट्रिय शेयर बजारमा शेयर मूल्य लाखौं पर्ने गरेको समाचार सुन्दै आएकोमा नेपालको पुँजी बजारमा समेत आधा दर्जन कम्पनीको मूल्य १० हजार रुपैयाँ भन्दा माथि भने अझ एउटा कम्पनीको मूल्य झन्डै आधा लाख रुपैयाँको हाराहारीमा पुगिसकेको

युनिलिभर नेपाल लिमिटेड (युएनएल)

नेपालको पुँजी बजारमा सबैभन्दा महंगो शेयर मूल्य युनिलिभर नेपाल लिमिटेडको रहेको अल टाइम हाइ हुँदा ५० हजार रुपैयाँको हाराहारीमा कारोबार भएको यस कम्पनीको शेयर मूल्य सोमबार प्रति कित्ता ४५ हजार रुपैयाँमा कारोबार भयो करोड २० लाख २० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले हरेक वर्ष आकर्षक नगद लाभांश वितरण गर्दै आइरहेको कोभिड भाइरसले अर्थतन्त्र तहनहस भएको भएको बेला समेत कम्पनीले शतप्रतिशत प्रति अर्थात सय रुपैयाँ नगद लाभांश दिएको थियो कम्पनीले गत वर्ष प्रति कित्ता १५ सय ८० रुपैयाँ लाभांश दिएको थियो हालैको साधारण सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरेर ३० करोड रुपैयाँ पुर्याएको कम्पनीले अधिकृत पुँजी वृद्धि गरेको समाचार बाहिरिएपछि कम्पनीको शेयर मूल्य तीन दिन लगातार सर्किट ब्रेक लागेर बढेको थियो युनिलिभर नेपालको पुँजीबजारमा उच्च मूल्य भएको कम्पनीको रुपमा विगत लामो समयदेखि रहिरहेको

बोटलर्स नेपाल (बालाजु) लिमिटेड (बीएनएल)

कोकाकोलाको उत्पादक कम्पनी बोटलर्स नेपाल (बालाजु) को शेयर मूल्य नेपालको पुँजी बजारमा दोस्रो धेरै शेयर मूल्य भएको कम्पनी हो धेरै वर्षसम्म हजारको हाराहारीमा कारोबार भइरहको यो कम्पनीको मूल्य सन २०२३ को बीचबाट सन् २०२४ को मार्चसम्ममा हरेक दिन सर्किट ब्रेक लगाएर बढ्दै २२ हजारको हाराहारीमा कारोबार हुन थालेको हो सोमबार कम्पनीको शेयर १६ हजार सय ९९ रुपैयाँमा सय ५७ कित्ता शेयर कारोबार भयो अर्ब ९४ करोड ८८ लाख ८७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको २५ प्रतिशत मात्रै पब्लिक शेयर रहेको नेप्सेको तथ्यांक अनुसार लाख ८७ हजार सय २१ कित्ता मात्रै साधारण शेयर रहेको हुँदा हरेक दिन एकदमै थोरै कित्ता शेयर मात्रै कारोबारमा आउने गरेको हुँदा पनि आपूर्ति कम हुँदा शेयर मूल्य बढ्न गएको हो कम्पनी आधारभूत रुपमा पनि बलियो रहेको वित्तीय अवस्थाले पुष्टि गर्छ बोटलर्सले प्रायः नगद लाभांश नै दिने गरेको कम्पनीले लाभांश इतिहास पल्टाउँदा २० देखि ७० प्रतिशतसम्म नगद लाभांश दिएको देख्न सकिन्छ

राष्ट्रिय बीमा कम्पनी लिमिटेड (आरबीसीएल)

निर्जीवन बीमा कम्पनीको रुपमा राष्ट्रिय बीमा संस्थानबाट टुक्रिएको राष्ट्रिय बीमा कम्पनीको चुक्ता मूल्य २६ करोड ६६ लाख ३६ हजार सय रुपैयाँ मात्रै रहेको नेपाल बीमा प्राधिकरणको प्रावधान अनुसार कम्पनीले चुक्ता पुँजी बढाएर अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्छ तर कम्पनीको रिजर्भमा पर्याप्त रकम रहेको हुँदा बोनस शेयर दिएर पुँजी बढाउने आशामा महंगो मूल्यमा यो कम्पनीको शेयर किन्न लगानीकर्ता तयार भएका हुन कम्पनीको रिजर्भमा १६ अर्ब ७९ करोड ८५ लाख ५२ हजार रुपैयाँ रहेको पछिल्लो पटक कम्पनीको शेयर मूल्य १३ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो कम्पनीले आव २०६२/६३ मा ११८.२७ प्रतिशत बोनस शेयर प्रतिशत नगद लाभांश गरेर कुल सय २४ दशमलब २७ प्रतिशत लाभांश प्रस्ताव गरेपछि अहिलेसम्म कुनै लाभांश दिएको छैन रिजर्भबाट फेरि पनि बम्पर लाभांश दिने आशामा नै लगानीकर्ता यो कम्पनीको शेयरमा आकर्षित भएका हुन

बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटी)

पेय पदार्थ कोकाकोला नै उत्पादन गर्ने अर्को कम्पनी बोटलर्स नेपाल तराई (बीएनटी) पनि महंगो मूल्यमा शेयर कारोबार हुने कम्पनीमा पर्दछ पछिल्लो पटक कम्पनीको शेयर १२ हजार सय रुपैयाँमा कारोबार भयो कम्पनीको चुक्ता पुँजी अर्ब २१ करोड रुपैयाँ मात्रै रहेको कुल चुक्ता पुँजीको २५ प्रतिशत मात्रै पब्लिक शेयर रहेको

कम्पनीको ३० लाख २५ सय कित्ता मात्रै शेयर नियमित कारोबारको लागि उपलब्ध कम्पनीले पनि हरेक वर्ष २२ देखि ८५ प्रतिशतसम्म नगद लाभांश दिएको इतिहास

राष्ट्रिय बीमा कम्पनी लिमिटेड (संस्थापक)

नेपालको शेयर बजारमा बीमा कम्पनी बैंक तथा वित्तीय संस्थाको शेयर दुई समूहमा विभाजित भएर कारोबार हुने गरेको संस्थापक समूहको शेयर मूल्य साधारण समूहको शेयर मूल्य भन्दा केही तल रहेर कारोबार हुने गरेको न्यून चुक्ता पुँजी रहेको कारण संस्थापक समूहकै शेयर भए पनि राष्ट्रिय बीमा कम्पनीको शेयर १० हजार सय ७९ रुपैयाँमा पछिल्लोपटक कारोबार भयो

सम्बन्धित समाचार