२०८३ आश्विन १७ गते , शनिबार

भारत टी–२० विश्वकपको फाइनल प्रवेश

sajilo news
परिवेश मिडिया
२०८१ असार १४ गते , शुक्रबार
भारत टी–२० विश्वकपको फाइनल प्रवेश

झापा । भारत आइसिसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । शुक्रबार बिहान सम्पन्न सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो ।

१० वर्षपछि भारतीय टोली टी–२० विश्वकपको फाइनलमा पुगेको हो ।

गुयानाको प्रोभिडेन्स स्टेडियममा इङ्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर बलिङ रोजेका थिए ।  रोहित शर्माको अर्धशतकको मद्दतमा पहिले ब्याटिङ गरेको टीम इण्डियाले इंग्ल्याण्डलाई १७२ रनको लक्ष्य दिएको थियो ।

सो लक्ष्य पछ्याउने क्रममा इंग्लिस टोली १६.४ ओभरमा १०३ रन बनाउँदा अलआउट हुन पुग्यो ।

सम्बन्धित समाचार