२०८३ बैशाख ५ गते , शनिबार

मनाङमा ७ जनामात्र एसईईमा उत्तीर्ण

sajilo news
परिवेश मिडिया
२०८१ असार १४ गते , शुक्रबार
मनाङमा ७ जनामात्र एसईईमा उत्तीर्ण

झापा ।  हिमाली जिल्ला मनाङमा ७ जनाले मात्र एसईई उत्तीर्ण गरेका छन् । ३९ जनाले परीक्षा दिएकोमा ३२ जना अनुत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई मनाङका प्रमुख सुदीप गिरीले जानकारी दिए । उनका अनुसार ७ जनामध्ये सदरमुकाम चामेमा रहेको लोकप्रिय माविबाट एसईई दिएका जयराम थापाले सबैभन्दा बढी ३.३९ जीपीए ल्याएका छन् । 
लोकप्रियबाट १७ जनाले एसईई दिएकोमा थापासहित ४ जना उत्तीर्ण भएका छन् । लोकप्रिय खुलाबाट ३ जनाले एसईई दिएकामा ३ जना नै अनुत्तीर्ण भएका छन् ।
तल्लो मनाङस्थित नासों गाउँपालिकामा रहेको प्रकाशज्योति माविबाट १९ जनाले एसईई दिएकामा ३ जनामात्रै उत्तीर्ण भएका छन् । माथिल्लो मनाङस्थित अन्नपूर्ण माविबाट १ जनाले एसईई दिएकोमा १ जना पनि अनुत्तीर्ण भएको इकाई प्रमुख गिरीले बताए ।
तल्लो मनाङको तालस्थित भानु मावि भने २ वर्षअघि बाढीले डुबानमा परेपछि विद्यार्थी संख्या कम हुँदै गएको र कक्षा १० मा विद्यार्थी नभएपछि भानु मावि एसईइमा सहभागी भएनन् ।

सम्बन्धित समाचार