२०८३ बैशाख ६ गते , आईतबार

बढी बर्षाले डेंगु बढाउने, सचेत रहन सरकारको आग्रह

sajilo news
परिवेश मिडिया
२०८१ असार १० गते , सोमबार
बढी बर्षाले डेंगु बढाउने, सचेत रहन सरकारको आग्रह

काठमाण्डौ यस वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान आइरहेका वेला त्यसले डेंगु संक्रमण बढाउने देखिएको स्वास्थ्य मन्त्रालयले मौसम परिवर्तनसँगै डेंगु संक्रमण बढ्ने सम्भावना देखिएको भन्दै सजग रहन आग्रह गरेको

पछिल्लो महिनायता देशका ७२ जिल्लामा एक हजार २६८ जनामा डेंगु देखिइसकेको पानी पर्न थालेपछि जोखिम झन् बढ्ने अनुमान गरिएको मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने संक्रमितको संख्यामा समेत बढोत्तरी हुन सक्ने देखिन्छ,’ मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने

उच्च ज्वरो आउनु, जोर्नी मांसपेशीहरू बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा बान्ता हुनुजस्ता लक्षण डेंगु संक्रमणका हुन् यस्ता लक्षण देखिएमा चिकित्सकको सल्लाह लिनुपर्ने डा. बुढाथोकीको भनाइ

संक्रमण गम्भीर हुँदै जाँदा एक्कासि उच्च ज्वरो आउने, बान्तामा रगत देखापर्ने, नाक वा गिजाबाट रगत, रक्तस्राव, धेरै पेट दुखाइ, श्वासप्रश्वासमा समस्या बेहोस हुनेजस्ता लक्षणसमेत देखिने गर्दछन् संक्रमणको गम्भीर लक्षण देखिएमा अस्पताल वा नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लैजानसमेत मन्त्रालयले आग्रह गरेको हो

यसबाहेक, संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नसमेत आग्रह गरिएको लामखुट्टे फैलिने वातावरण बन्न नदिन सफा पानी भरिएका खाल्डाखुल्डी वा भाँडाहरू सफा गर्ने, पानी जम्न नदिने गर्नुपर्छ साथै, शरीर छोपिने लुगाहरू लगाउन घरमा बस्दा झुल वा अन्य लामखुट्टे धपाउने वस्तुको प्रयोग गर्नसमेत मन्त्रालयले आग्रह गरेको हो

सम्बन्धित समाचार