२०८३ बैशाख ६ गते , आईतबार

अयोध्यामा ‘राम मन्दिर’ भाजपाका लागि बेकाम

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ २४ गते , विहीबार
अयोध्यामा ‘राम मन्दिर’ भाजपाका लागि बेकाम

झापा भारतको अयोध्यामा भारतीय जनता पार्टी (भाजपा)ले पराजय भोग्नुपरेको गत २२ जनवरीमा प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको तामझामका साथ उद्घाटन गरेका थिए राम मन्दिरको स्थापनालाई मोदीले आफ्नो विरासत जोगाउँदै पार्टीलाई चुनावमा जिताउने जोड दिन खोजिएको घटनाका रूपमा हेरिएको थियो तर, कार्यक्रम तामझामका साथ भएपनि चुनावमा भने भाजपाले मत पाउन सकेन

राम मन्दिरलाई नै चुनावी प्रचार बनाएको भाजपाले उत्तर प्रदेशको फैजावाद क्षेत्र (जहाँ अयोध्या पर्छमा हार बेहोर्नुपरेको त्यसैले राम मन्दिर बनेको क्षेत्रमा पनि भाजपाले आफ्नो जित हासिल गर्न नसकेको टिप्पणी भारतीय रोयटर्स लगायत भारतीय सञ्चारमाध्यमहरूले गरेका छन्

भाजपाले उत्तर प्रदेशको उत्तरी राज्यमा नराम्रोसँग हार स्वीकार गर्नुपर्ने देखिएको पनि रोयटर्सले लेखेको उत्तर प्रदेशमा समाजवादी पार्टी कंग्रेस आईले ८० सिटमध्ये आधाभन्दा बढीमा अग्रता लिएको यसैबीच भाजपाका नेता लल्लु सिंहले पार्टी कार्यकर्ताहरूसँग कुराकानी गरेको भिडिओ सार्वजनिक भएको

इन्डियन एक्सप्रेसले सार्वजनिक गरेको उक्त भिडिओ फुटेजमा लल्लुले भनेका छन्, ‘मैले तपाईंहरूको अयोध्याको मान जोगाउन सकिनँ ममा नै केही कमजोरी हुनुपर्छ सन् २०१४ २०१९ को निर्वाचनमा लल्लु सिंह फैजावाद क्षेत्रबाट विजयी भएका थिए

सम्बन्धित समाचार