२०८३ बैशाख ५ गते , शनिबार
भद्रपुरमा छात्रामाथि दाउ प्रहार
भद्रपुर । झापाको भद्रपुरमा एक छात्रामाथि धारिलो हतियार प्रहार भएको छ । भद्रपुर-९ कि श्रेया राईमाथि हतियार प्रहार भएको हो ।
शुक्रबार बिहान १०:४५ बजे राईलाई भद्रपुर नगरपालिका-६ भानुचोक बस्ने राकेश कर्णको छोरा १८ वर्षीय अभिषेक कर्णले हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
राईलाई टाउको र दुवै हातमा चोट लागेको र ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको अवस्था माध्यम रहेको छ ।
राईलाई हतियार प्रयोग गरी भाग्दै गरेको अवस्थामा कर्णलाई प्रहरी चौकी घोडामाराका प्रहरी वरिष्ठ हवल्दार भीमबहादुर बिकको कमाण्डमा खटिएको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा बुझाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।