२०८३ बैशाख ५ गते , शनिबार

१० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन अखिल क्रान्तिकारीले संघर्ष गर्ने

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ १४ गते , सोमबार
१० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन अखिल क्रान्तिकारीले संघर्ष गर्ने

बिर्तामोड अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) झापाले छात्रवृत्ति सम्बन्धि नियम पालना गराउन संघर्ष गर्ने भएको संस्थागत विद्यालयहरुले अनिवार्य पालना गर्नुपर्ने छात्रवृत्तिसम्बन्धि नियम कडाइका साथ कार्यान्वयन गराउन संघर्ष गर्ने भएको हो

अखिल (क्रान्तिकारी) झापाको शनिबार कनकाईमा सम्पन्न विस्तारित बैठकले संस्थागत विद्यालय मापदण्ड तथा संचालन निर्देशिका २०६९ को परिच्छेद मा उल्लेख भए बमोजिम कुल विद्यार्थी संख्याको कम्तिमा १० प्रतिशत विद्यार्थीहरुलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्थालाई कडाइका साथ पालना गर्न गराउन प्रत्येक पालिका विद्यालयमा संघर्ष गर्ने निर्णय गरेको अखिल (क्रान्तिकारी) झापाका अध्यक्ष रञ्जन धमलाले जानकारी दिए

अधिकांश विद्यालयले मापदण्डमा उल्लेखित संख्यामा विद्यार्थीहरुलाई छात्रवृत्ति नदिने गरेका कारण सबै विद्यालयहरुमा त्यसको अनुगमन गरिने कार्यान्वयनका लागि दबाब दिने उनले बताए

बैठकले नेकपा माओवादी केन्द्रले संचालन गरिरहेको पूर्वेली संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउन साथै अखिल (क्रान्तिकारी) झापालाइ जिल्लाव्यापी सुदृढ गर्न विभिन्न विद्यार्थी नेताहरुलाई अन्तरपालिका जिम्मेवारी तोकेको मेचीनगरको प्रमुखमा खगेन्द्र सुवेदी विर्तामोड प्रमुखमा अनिल सुवेदी भद्रपुरको प्रमुख अनिल सुवेदी, दमकको प्रमुख रन्जन धमला, शिवासताक्षीको प्रमुख नविन सिटौला, गौरादहको प्रमुख राजन चापागाईं, अर्जुनधाराको प्रमुख शेखर भट्टराई, कन्काईको प्रमुख गंगा बहादुर बस्नेत, वुद्दशान्तिको प्रमुख सुरेन्द्र गिरी, कचनकवलको प्रमुख सरस्वती चम्लागाईबाह्रदशीको प्रमुख पदम प्रसाद खड्का (रोशन), हल्दीवारीको प्रमुख सरस्वती चम्लागाई, झापाको प्रमुख नविन सिटौला, कमलको प्रमुख लक्ष्मी नेपाल गौरीगञ्नको प्रमुख राजन चापागाईंलाई तोकेको अध्यक्ष धमलाले जानकारी दिए

सोही बैठकका बिच विद्यार्थीहरुले नेकपा माओवादी केन्द्रको तर्फबाट कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बन्न सफल झापाली नेतृ बन्दना झागडलाई सम्मानसहित बधाई तथा शुभकामना दिएका थिए

जिल्ला अध्यक्ष धमलाको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रञ्जित तामाङ, प्रदेश उपाध्यक्ष विजय सम्पाङ, प्रदेश सदस्य विरेन्द्र बस्नेत, झापाका संयोजक राजु आचार्य (अग्नी) लगायतले मन्तव्य राखेका थिए  

 

सम्बन्धित समाचार