२०८३ बैशाख ६ गते , आईतबार
सुन जस्तो धातु देखाई ठगी गर्ने पक्राउ
बिर्तामोड । विभिन्न समयमा झापाको दमक नगरपालिका हाटबजार क्षेत्रमा ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मोरङको उर्लाबारी नगरपालिका ५ बस्ने ३० वर्षीय सञ्जित शर्मालाई पक्राउ गरेको हो ।
सुन जस्तो पहेलो धातुको टिल देखाई नगद तथा महिलाहरुले लगाएका सुनका गर-गहनाहरुसँग सट्टापटा गरी ठगी गर्ने गरेको भन्ने उजुरी तथा सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शर्मालाई दमक छ स्थित परशुरामबाट बिहिबार १० बजे पक्राउ गरेको हो । शर्माको साथबाट सुन जस्तो देखिने पहेंलो धातु ५६.३१० ग्राम समेत बरामद पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका शर्मालाई जिल्ला अदालत झापाबाट ठगी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।