२०८३ बैशाख ६ गते , आईतबार

नेपालको जनसंख्या वृद्धिदर आठ दशककै कम

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख २४ गते , सोमबार
नेपालको जनसंख्या वृद्धिदर आठ दशककै कम

झापा । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा वार्षिक रूपमा ०.९२ का दरले जनसंख्या वृद्धि भइरहेको तथ्यांक सार्वजनिक गरेको छ।
आइतबार जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरू सार्वजनिक गर्दै कार्यालयले जनसंख्याको वार्षिक वृद्धिदर एक प्रतिशत कम रहेको जनाएको छ। यो नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम भएको कार्यालयको भनाइ छ।
२०६८ साल र २०७८ सालको अवधिमा करिब २७ लाखको वृद्धि भएको थियो। यस्तै सबैभन्दा बढी जनसंख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशतले छ।
नेपालमा २ करोड ९१/९२ लाखको हाराहारीमा जनसंख्या रहेको कार्यालयले जनाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा एकल परिवारको संख्या ६० प्रतिशत रहेको जनाएको छ। कार्यालयले ४० प्रतिशत मानिसहरु मात्रै संयुक्त परिवारमा बसोबास गर्दै आएको जनाएको छ।
जसमध्ये मधेस प्रदेशमा संयुक्त परिवारको अवधारणा बढी छ। बागमती प्रदेशमा एकल परिवार बढी छ भने संयुक्त परिवार बसोवास गर्ने संख्या सबैभन्दा कम बागमती प्रदेशमा रहेको कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार